• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल

  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित

भजनी- पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ । सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रियासँगै सुकुम्वासी र मुक्तकमैयाको अतिक्रमणमा परेको विमानस्थल सञ्चालनमा ल्याउने भन्दै खाली भएको दशक बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । अतिक्रमण हटाएर मर्मतसम्भार भएको विमानस्थलमा परीक्षण उडानसमेत भएको थियो ।

परीक्षण उडानपछि गौचरनमा सीमित भएको विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय राजेन्द्र विश्वकर्माले बताए । “आज जहाज चड्नका लागि नेपालगञ्ज र धनगढी जानुपर्ने बाध्यता टीकापुरवासीलाई छ”, उनले भने, “टीकापुर विमानस्थलबाट जाहाज उड्न सकेको भए त्यति टाढा जानुपर्ने बाध्यता अन्त्य हुने थियो ।”

टीकापुरको पर्यटन र विकासको सम्भावनालाई मूर्तरुप दिनका लागि विमानस्थल सञ्चालनको विकल्प नभएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । “आज दैनिक एक जहाजलाई पुग्ने यात्रु टीकापुरबाट नेपालगञ्ज र धनगढी जाने गरेका छन् । विमानस्थल सञ्चालन भएमा ती यात्रुले टीकापुरबाटै जहाज चड्थे”, उनले भने, “टीकापुरमा भएका पर्यटकीय सम्भावनाका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउनका लागि पनि टेवा पुग्ने थियो ।”

उक्त विमानस्थल सञ्चालन भएमा कैलालीका आठ र बर्दियाका तीन पालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास छ । धावनमार्गको समस्या देखाउँदै सञ्चालनमा ढिलासुस्ती भएको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने मागसहित नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए ।

नगर उपप्रमुख शाहले गलत राजनीतिक संस्कारका कारण विमानस्थल सञ्चालनको बाटो खुल्न नसकेको बताए । “हाम्रो विकासको वितरण प्रणाली नै असमान छ । उक्त असमान वितरण प्रणालीको सिकार टीकापुर विमानस्थल पनि बनेको कुरा यथार्थ हो”, उनले भने, “विकासको वितरण प्रणालीमा प्रधानमन्त्री, मन्त्री तथा नेतृत्व तहमा पुगेका राजनीतिक दलका नेता आफ्नो क्षेत्र केन्द्रित हुँदा पनि समस्या भएको हो । भएका सम्भावनालाई राज्यस्तरबाट सहयोग हुनसकेको छैन ।”

नगर उपप्रमुख शाहका अनुसार विमानस्थलमा तत्काल एटिआर ४२ को जहाजका लागि कुनै समस्या नभएको देखिएको छ । “मैले पाइलटसँग बुझ्दा एटिआर ७२ का लागि धावनमार्ग पुग्दैन । एटिआर ४२ को जहाजका लागि कुनै समस्या छैन”, उनले भने। यसको सञ्चालनका लागि राज्य तथा सरोकारवाला निकायबाट पहल हुनुपर्ने उनको भनाइ थियो ।

यसअघि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । विमानस्थलको अध्ययनका लागि तीन अध्ययन समिति पनि बनेका थिए । ती अध्ययन समितिको प्रतिवेदनका आधारमा धावनमार्गको समस्याका कारण विमानस्थल सञ्चालनमा ल्याउन कठिन देखिएको छ ।

टीकापुर उद्योग वाणिज्य सङ्घले विमानस्थल सञ्चालनको माग राख्दै दुई पटक महोत्सव आयोजना गरेको थियो । “हामीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई टीकापुरमा ल्याएर विमानस्थल सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न लगाएका थियौँ”, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष खड्काले भने, “त्यसपछि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । ती प्रयास सार्थक भने हुन सकेनन् ।”

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तत्कालीन अवस्थामा ठूलो जहाज सञ्चालनका लागि धावनमार्गको समस्या देखिएको बताए । उनले धनगढी र नेपालगञ्ज विमानस्थललाई देखाउँदै सानो जहाज सञ्चालन गर्दा हवाई भाडा महँगो हुने तथा यात्रु पाउन गाह्रो हुने बताए ।

“ठूलो जहाजको लागि धावनमार्ग पुग्दैन । सानो जहाजमा काठमाडौँबाट टीकापुर यात्रा गर्दा निकै महँगो पर्छ र प्राधिकरणसँग अहिले जहाज पनि कम छन्”, भुलले भने, “विमानस्थाल सञ्चालनका लागि प्राधिकरणले यहाँको वास्तविक वस्तुस्थितिको अध्ययन गरेर अगाडि बढ्ने तयारी गरिरहेको छ ।” उनका अनुसार प्राधिकरणले यसभन्दा अगाडिका अध्ययनले वास्तविक तथ्य ल्याउन सकेको छैन ।

ठूलो जहाजमार्फत धनगढी तथा नेपालगञ्जबाट काठमाडौँ पुग्न ४५ मिनेटदेखि एक घण्टा लाग्ने भए पनि सानो मार्फत टीकापुर–काठमाडौँ यात्रा गर्न डेढ घण्टा लाग्नुका साथै भाडादर पनि रू १० हजार भन्दा माथि पुग्ने प्राधिकरणले जनाएको छ । त्यति महँगो भाडा तिरेर सानो जहाजमा यात्रा गर्ने यात्रु नपाइने भएकाले तत्काल विमानस्थल सञ्चालन हुने स्थिति नदेखिएको हो ।

विमानस्थलको धावनमार्ग १२ सयदेखि १५ सयसम्म बनाउन सकेको खण्डमा काठमाडौँदेखि टीकापुरका लागि दैनिक एक उडान गर्न सकिने प्राधिकरणका सूचना अधिकारी भुलले बताए । उनले विमानस्थल सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै पहल गर्नुपर्ने बताए । प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चितता गरे मात्र अन्य पूर्वाधार निर्माणका लागि लगानी गर्न सकिने उनको भनाइ थियो ।

“प्राधिकरणका तर्फबाट टीकापुर विमानस्थल सञ्चालनका लागि कुनै समस्या छैन । त्यसमा हामीले प्रदेश र स्थानीय तहको भूमिका खोजिरहेका छौँ”, “सूचना अधिकारी भुलले भने, “प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चित गरेर आएको अवस्थामा विमानस्थल सञ्चालनमा ल्याउन समस्या छैन ।” सङ्घीय सरकारले वार्षिक बजेटमा टीकापुर विमानस्थललाई बर्सेनि समेट्दै लगेको छ । चालू आर्थिक वर्षमा उक्त विमानस्थलको मर्मत सम्भारका लागि भन्दै बजेटमा समावेश गरिएको छ । रासस

  • टीकापुर विमानस्थल
बुधबार, पुष ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

समाचार

सबै

यस्तो छ आजको मौसम पूर्वानुमान

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

यस्तो छ आजको मौसम पूर्वानुमान

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.