धनगढी- समाजवादी मोर्चाले पुष २१ गते कैलालीमा जिल्लास्तरीय सन्देशसभा गर्ने भएको छ । कैलाली जिल्ला स्तरीय समाजवादी मोर्चा नेपालले धनगढीमा जिल्ला स्तरीय सन्देशसभा गर्ने भएको हो ।
बिहीबार जसपा कैलालीका अध्यक्ष गयाप्रसाद कुश्मीको अध्यक्षतामा बसेको मोर्चाको जिल्ला स्तरीय बैठकले सन्देशसभा गर्ने निर्णय गरेको माओवादी केन्द्र कैलाली जिल्ला कार्यालय सचिव गोविन्द बिसीले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका कैलाली जिल्ला संयोजक लाजुराम चौधरी,कार्यालय सचिव गोविन्द बिसी,नेकपाका जिल्ला इन्चार्ज प्रकाश सी,सचिव बीरबहादुर आर्यन सी,नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिमलकुमार जोशी,सचिव दीर्घराज जोशी, र जसपा कैलालीका सचिव धर्म घर्तीमगरको उपस्थिति रहेको जनाइएको छ ।
चार दलीय समाजवादी मोर्चाले यसअघि सबै प्रदेशमा प्रदेशस्तरीय सन्देशसभा गरिसकेको छ ।













