धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको जन जागृति माध्यमिक विद्यालयका भूपू विद्यार्थी कृष्ण सुनारले विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् ।
सुनारले आफ्नी स्वर्गीय आमा राम माया सुनारको स्मृतिमा अक्षय कोष स्थापना गरेका हुन् । स्वर्गीय आमाको स्मृतिमा सुनारले एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षय कोष स्थापना गरेको जन जागृति माध्यमिक विद्यालयका प्राचार्य टेकबहादुर क्षेत्रीले बताए ।
विद्यालयका तर्फबाट सुनारका परिवारलाई धन्यवाद व्यक्त गरेको छ । स्वर्गीय राम माया सुनार सोही विद्यालयकी भूपू विद्यालय व्यवस्थापन समिति सदस्य हुन् ।













