धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा प्रदेशका पहाडी जिल्लामा सञ्चालित विकास योजनाको अनुगमन तथा स्थलगत निरिक्षणमा निस्किएका छन्। बिहीवारबाट अनुगमन सुरु गरेका मन्त्री देउवाले बिहीवार र शुक्रबार डडेल्धुरा, डोटी, अछाम र बाजुरामा संचालित विकास योजनाको अनुगमन तथा निरीक्षण गरेका हुन्।
सोही क्रममा मन्त्री देउवाले बिद्यालय भवन उद्घाटन संगै विभिन्न जिल्लामा सडक तथा पुलको समेत सिलान्यास गरेका छन। बिहिवार डडेल्धुरा र डोटीमा विद्यालय भवन उद्घाटन गरेका मन्त्री देउवाले शुक्रबार भने अछाममा सडक र बाजुरामा पक्की पुलको शिलान्यास गरेका छन्।
शिलान्यास कार्यक्रममा मन्त्री देउवाले सम्झौता अनुसार समयमै गुणस्तरिय काम गर्न निर्माण ब्यबसायीलाई निर्देशन दिए। उनले भने, ‘सरकारका तर्फबाट गर्नुपर्ने सहयोग सबै हुन्छ, काममा ढिलासुस्ती नहोस र गुणस्तर पनि कायम होस्।’ मन्त्री देउवाले भने, ‘हामी कुन निर्माण कम्पनि अथवा कुन निर्माण ब्यबसायी हो भनेर मुख हेर्दैनौ, जसले समयमै गुणस्तरिय काम गर्छ उसलाई पुरस्कृत गर्छौ।’
शुक्रबार मन्त्री देउवाले बाजुराको मार्तडी–थामलेख सडक खण्डको भौनेरा पक्की पुलको शिलान्यास गरे। प्रदेश भौतिक योजना तथा विकास मन्त्रालयबाट बजेट बिनियोजन भएको उक्त पुलको निर्माण कार्यको जिम्मा एल के विल्डर्सले निर्माण कम्पनीले लिएको छ। उक्त पुलको कुल बजेट १० करोड १५ लाख रहेको छ भने पुलको निर्माण कार्य २०८२ साल असाढ १५ गते सम्पन्न गर्ने गरि सम्झौता भएको छ।
अनुगमन तथा निरिक्षणका क्रममा मन्त्री देउवाले खब प्रदेश सरकारले विकास निर्माणमा गति लिने स्थानियलाई आश्वस्त पारेका छन। उनले प्रदेश सरकारको एउटै लक्ष्य विकास रहेको बताउँदै यसमा सहयोग गर्न सबैलाई आग्रह गरे। मन्त्री देउवाले शुसासनका लागि प्रदेस सरकार प्रतिबद्द रहेकाले कहिँ कतै चलखेल भए खबर गर्न पनि स्थानियलाई आग्रह गरे।
मन्त्री देउवाले शनिवार र आईतबार पनि पहाडी जिल्ला अछाम र डोटीका विभिन्न आयोजनाको अनुगमन तथा निरिक्षणका साथै स्थानिय संग भेटघाट तथा अन्तरकृया गर्ने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।













