धनगढी- कैलालीको धनगढीमा बृहत् लाइभ देउडा दोहरी हुने भएको छ । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले धनगढीमा शनिवार पत्रकार सम्मेलन गर्दै पुष १५ को अवसर पारी भोलि (आइतबार) धनगढी रंगशालामा बृहत् लाइभ देउडा दोहरी हुने जनाएको छ ।
सुदूरपश्चिमको देउडा संस्कृति र मौलिकताको संरक्षण गर्ने हेतुले बृहत् लाइभ देउडा दोहोरी हुने जनाएको हो । लाइभ देउडा दोहरी कार्यक्रममा करिब दुई हजार भन्दा बढी देउडा प्रेमीले देउडा खेल्ने अनुमान गरिएको देउडा संस्कृति संरक्षण प्रतिष्ठानका प्रदेश अध्यक्ष ध्रुव बहादुर सिंहले बताए ।
उनका अनुसार करिब चार सय भन्दा बढी देउडियाहरुको उपस्थिति रहने छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहने प्रतिष्ठानका प्रदेश अध्यक्ष सिंहले बताए । सो कार्यक्रममा विभिन्न १५ वटा विद्यालयहरूले आर्थिक सहयोग गरेको देउडा संस्कृति संरक्षण प्रतिष्ठानले जनाएको छ ।













