• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

सत्ता टिकाउनमै व्यस्त सुदूरपश्चिम सरकार

  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशसभा निर्वाचनको एक वर्षमा पनि प्रदेश सरकारको काम र गतिले लय समाउन सकेको छैन । सरकार हेरफेर, विस्तार र संसदीय समितिहरूमा भागबन्डा मिलाउनमै व्यस्त हुँदा सेवा प्रवाह र जनताको जीवनस्तर सुधारका विषयमा प्रदेश सरकार गम्भीर देखिएको छैन ।

दोस्रो कार्यकालको एक वर्ष पुग्नै लाग्दा सुदूरपश्चिम सरकार र प्रदेशसभा दुवैको भूमिका कमजोर देखिएको छ । यही अलमलमा सरकारको विकास निर्माणलगायतका कार्य प्रगति शून्य प्रायः छन् । भागबन्डा नमिल्दा सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापतिको टुङ्गो लाग्न सकेको छैन ।

सुदूरपश्चिममा कमलबहादुर शाह नेतृत्वको सरकार बनेको माघमा वर्ष दिन पूरा हुँदै छ । तर सरकार गतिहीन हुँदा बिजनेसविहीनको अवस्थामा छ । विषयगत समितिका सभापति चयन नहुँदा कार्यसम्पादनमा समस्या भएको छ । उसो त सभापति चयनका लागि निर्वाचन कार्यतालिका पनि अगाडि बढाइएको थियो । तर कार्यतालिका निष्प्रभावी भएसँगै समितिहरुले सभापति पाउन सकेका छैनन् ।

सभापति चयनका लागि असोज ११ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । पछि सरकारको अनुरोधमा कार्यतालिका स्थगित गरिएको थियो। प्रदेश सभामा चारवटा विषयगत समिति छन् । तर दुईवटा थपेर ६ समिति बनाउने उच्चस्तरीय राजनीतिक सहमतिपछि आवश्यक गृहकार्य थालिएको थियो । ६ वटा विषयगत समिति बनाउने विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तारुढ राजनीतिक दलबिच नै सहमति जुट्न सकेको छैन ।

हाल सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले समिति थप्ने विषयमा असहमति जनाउँदै आएको बताइएको छ । यसैबिच नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले समितिले अहिलेसम्म सभापति पाउन नसक्नु दुःखद् रहेको बताए । सभामुख भीमबहादुर भण्डारीले पनि संसदप्रति सरकारले उदासीनता देखाउँदा सदन चल्न नसकेको बताए ।

सभापति नहुँदा समितिका कामहरू सुस्त छन् । बैठक पनि नियमित बस्न सकिरहेको छैन । सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति छन् । जेठ १३ गतेदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा २८ बैठक बसेका छन् ।

सो अधिवेशनले प्रदेशको चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनुका साथै विनियोजन विधेयक २०८० पारित गरेको थियो । बैठकले सात सदस्यीय नियमावली संशोधन समिति गठन गर्ने प्रस्ताव पेस गरेकोमा विरोधका कारण सो समिति निष्प्रभावी बन्यो भने सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण ऐनलाई पहिलो संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

  • सत्ता टिकाउन
शनिबार, पुष १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.