काठमाडौं- बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारका एक सदस्यलाई सरकारले रोजगारी दिने भएको छ। सोमबार पीडित पक्षका प्रतिनिधिसँग भएको छलफलपछि गृह मन्त्रालयले मृतकका परिवारका एकरएकजनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको हो।
चारबुँदे सहमतिअनुसार गृह मन्त्रालयले मृतकहरूलाई सहिद घोषणा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्नेछ। थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने तथा मृतकका परिवारले आजै शव बुझ्ने सहमति पनि भएको छ।













