धनगढी- आगामी माघ ११ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सोमबार कैलालीको धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
राष्ट्रिय सभा निर्वाचनका लागि यस प्रदेशबाट महिला एक,अपांग/अल्पसंख्यक एक र अन्यबाट एक गरि तीन जनाका लागि निर्वाचन हुने छ ।
यस प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष एक सय ७६ जना गरी दुई सय २८ मतदाता रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृत ओमप्रसाद अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, राजनैतिक दलका प्रतिनिधि सुरक्षा निकायका प्रतिनिधीको उपस्थितिमा कार्यालय स्थापना गरिएको थियो ।













