• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

गेटामा तत्काल विश्वविद्यालय होइन अस्पतालमा जोड दिऊँ : मन्त्री बस्नेत

  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित

कैलाली- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा तत्काल विश्व विद्यालय बनाउने भन्दा पनि सय शय्याको अस्पताललाई जोड दिनु पर्ने बताएका छन् ।

सोमबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले अहिले विश्व विद्यालय वा प्रतिष्ठानको लागि हतार गर्नु पर्ने बेला नभएको जिकिर गरे । पहिले चरणमा सय शय्याको अस्पताललाई बलियो बनाउने त्यसपछि तीन सय शय्याको अस्पताल सुरु गर्ने त्यसपछि मात्रै विश्व विद्यालय वा प्रतिष्ठान तर्फ जानु पर्नेमा जोड दिए ।

‘सबै भन्दा पहिले एक सय बेडको अस्पताल चलाउन लाग्नु पर्छ । हामीले १४१ दरबन्दी पठाइसकेका छौँ । त्यो अनुसार अस्पताल बलियो बनाएपछि हुन्छ अहिले विश्वविद्यालय भन्दा हतार हुन्छ ’ मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या विश्व विद्यालय होस् सबै भन्दा पहिले अस्पताल चल्नु पर्छ । ’

उनले अस्पताल मजबुत भएपछि पर्याप्त चिकित्सक हुने बताए । उनले भने, ‘सुरुमा १ सय बेडको राम्रोसँग चलाउनु पर्छ त्यसपछि ३सय बेड सुरु गरेपछि विश्वविद्यालय सञ्चालन गर्न मद्दत पुग्छ । ’ उनले विश्व विद्यालय तत्काल नै बन्न सम्भव नभएको समेत जिकिर गरे ।

‘एकै वर्षमा बन्ने प्रोजेक्ट होइन । एक सय बेड चलाउन समस्या छैन अब तीन सय बेड चलाउन सक्ने अवस्थामा आए मात्र विश्व विद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा आउँछ ’ उनले थपे ।

आइतबार धनगढी पुगेका मन्त्री बस्नेतले धनगढी पुगे लगत्तै प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन भएपछि विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्ने बताएका थिए ।

‘तीन सय अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव हुन्छ, हामी गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न लागिपरेका छौँ ’ उनले भनेका थिए । सोमबार पत्रकार सम्मेलनमा पनि मन्त्री बस्नेतले सोही कुरामा जोड दिए ।

‘गेटालाई विश्व विद्यालयको रुपमा अगाडी बढाउने र यो नेपालकै सानदार प्रोजेक्ट बनाउने हाम्रो यो सपना हो । त्यो कुरामा पुग्न हामीले पहिले अस्पताल बलियो बनाउनु पर्छ । अस्पताल बलियो नभए विश्वविद्यालय बलियो बन्न सक्दैन ’ उनले भने, ‘विश्व विद्यालय बनाउनु भन्दै अस्पतालको पक्षलाई इगनोर गर्नु हुँदैन । ’

२०५४ साल पछि पहिलो पटक स्वास्थ्यका कर्मचारीहरूको दरबन्दी तयार गरेको भन्दै त्यस अनुसार पहिलो चरणमा अस्पतालको काम अगाडी बढाउनु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । उनले अहिले स्वीकृत भएका १४१ कर्मचारीको दरबन्दीले गेटामा अस्पताल सुरु गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।

उनले एमबिबिएस पढाउने वातावरण सृजना गरेर विदेश जाने अरबौँ रुपैयाँ नेपालमै राख्न सकिने बताएका थिए । गेटाको अनुगमन पछि मन्त्री बस्नेत डडेल्धुरा अस्पतालमा पनि पुगेका थिए। धनगढीमा उनले डडेल्धुरा अस्पताललाई पनि तीन सय शय्यामा लैजाने प्रक्रिया सुरु भएका बताए ।

तीन शय्याको अस्पताल सुरु गरे लगत्तै एमबिबिएस अध्ययन सुरु गर्ने उनले बताए । सेती प्रादेशिक अस्पतालमा पनि बिरामीको चाँप बढिरहेको मन्त्री बस्नेतले बताएका थिए । सुदूरपश्चिमका केही जिल्ला भारतीय सिमा नाकासँग जोडिएकाले संक्रमण भित्रिन सक्ने भन्दै संवेदनशील हुनुपर्ने बताएका थिए ।

अहिले साना ठुला सबै अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन आवश्यक रहेको मन्त्री बस्नेतले बताए । उनले अहिले दरबन्दी सृजना गरे अनुसार सुविधा विस्तार गर्न सके स्वास्थ्यमा मुलुकले फड्को मार्ने दाबी गरे ।

‘ठुलो संख्यमा नयाँ दरबन्दी सृजना गरेर लिँदै छौँ । प्रदेशले पनि गरिरहेको छ । भवन र उपकरणको समस्या छ त्यो पनि हल भए धेरै राम्रो हुन्छ’ उनले भने । आफू आधारभूत स्वास्थ्य शिक्षा निःशुल्क अभियानमा हिँडेको भन्दै उनले कोही पनि पैसा नभएर, उपचार नपाएर मृत्यु वरण गर्नु पर्ने बाध्यताको अन्त्य गर्नु पर्ने बताए।

उनले संघीय स्वास्थ्य मन्त्रालयले आफूले जिम्मेवारी पाएपछि स्वास्थ्यमा निकै ठुलो सुधार भएको समेत दाबी गरेका थिए । आफूले नै चिकित्सा शिक्षा ऐनलाई संशोधन गर्न पहल गरेको मन्त्री बस्नेतको दाबी थियो ।

 

 

  • गेटामा तत्काल
सोमबार, पुष १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.