कञ्चनपुर- चिसो बढ्दै गएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मुडा वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित श्री कृष्ण सामुदायिक वन उपभोक्ता समुहले बुधवार विभिन्न टोल तथा चोकहरुमा मुडा वितरण गरेको हो ।
चिसो बढ्दै गएपछि कलुवापुर,अम्मरपुर,दशरथ टोल,मालिका टोल लगायत ठाउँमा आगो ताप्नका लागि दाउरा वितरण गरिएको सामुदायिक वनका अध्यक्ष राजु ऐरले बताए । ८/१० परिवारलाई हुने गरी विभिन्न टोल तथा चोकहरुमा दाउरा वितरण गरेका हौँ,अध्यक्ष ऐरले भने ।













