यो सूचना प्रकाशित भएको शुक्रबारको मितिले दश दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा आवेदन पेश गर्न सकिने सूचनामा भनिएको छ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले दरखास्तका साथ नागरिकता, वैयक्तिक विवरण, स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यताको प्रमाणपत्र र विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यहोरा खुलेको विवरण पनि पेस गर्नुपर्ने समितिले जनाएको छ।
यस्तै, सोचपत्र (भिजन पेपर) र ४ वर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्न भनिएको छ। १६ कात्तिकमा प्रा।डा।धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ।

















