• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहालाई

  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित

धनगढी-  पठन संस्कृतिको विकास गर्ने उद्देश्यले एसपीए कलेजले आयोजना गरेको एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहा गुप्ताले जितेकी छिन् । तीन महिना आफूले पढेका पुस्तकहरु अध्ययन गर्दै ती पुस्तकहरुको समिक्षा प्रस्तुत गर्दा स्नेहाले प्रथम स्थान हासिल गरेकी हुन् । उनले नगद ५ हजारसहित प्रमाण पत्र पाइन् ।

यस्तै अपेक्षा उपाध्याय र सुशिल विष्ट क्रमश: द्वितीय र तृतीय स्थानमा रहे । उपाध्यायले ३ हजार र विष्टले दुई हजार सहित प्रमाणपत्र पाए ।सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उप प्राध्यापक सिताराम भट्ट, प्रजापति नेगी, तुलसी शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए । पाठकले आफूसँग भएका वा किनिएका जुनसुँकै पुस्तक पनि पढ्दै तीनको समिक्षा लेख्दै प्रस्तुत गर्नुपर्ने कार्यक्रमको अवधारणा थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले निजी क्षेत्रबाट आफ्नो गर्विलो पहिचान बनाएको एसपिए कलेजले विद्यार्थीहरूको बौद्धिक क्षमता बृद्धिका लागि अत्यन्त फरक र नयाँ कार्यक्रम गर्दै आएकाले आगामी दिनमा कलेजसँग सहकार्य गर्दै अघि बढ्न इच्छुक रहेको प्रतिबद्धता जनाए ।

‘एसपीएले आयोजना गरेको रिर्डर्स च्यालेन्ज कार्यक्रममा भर्खर +2 र स्नातक पढ्दै गरेका विद्यार्थीहरूको विलक्षण वाक् कला,पठन संस्कृतिप्रतिको अभिरूचि र तार्किक क्षमता देख्दा गौरवको अनुभूति भयो,’ उनले भने, ‘निर्णायक मण्डल र ‘अडेन्स’को शब्दवाणको कडा घेरालाई छिचोल्दै यस उमेरका बच्चाहरूले देखाएको प्रस्तुतिले हाम्रा नानी बाबूहरू क्षमता नभएर होइन अवसर नपाएर पो पछाडि हुन् कि जस्तो लाग्यो। रिडर्स च्यालेन्जमा छोरीहरू अपेक्षा उपाध्याय र स्नेहा गुप्ताको गज्जबको उत्कृष्ट प्रस्तुतिले मन प्रफुल्ल भयो। कार्यक्रमले निरन्तरता पाओस् । सहकार्य र प्रबर्द्धन गर्न हामी पनि इच्छुक छौं।’

यस्तै निर्णायक मध्येका एक उप प्राध्याक भट्टले कार्यक्रम रहेपछि विशिष्ट अनुभव भएको प्रतिक्रिया दिए । ‘निर्णायकका रुपमा विद्यार्थीहरुको प्रस्तुति अवलोकन गरियाे, प्रश्नाेत्तर पश्चात् क्षमताले भ्याएसम्म मूल्यांकन गरियाे ! मलाई गज्जब लागेको कुरा भनेकाे विद्यार्थीहरूकाे प्रस्तुति हाे ।

विद्यार्थीहरुको प्रस्तुतिमा आत्मविश्वास, भाषाको निखार र अध्ययनकाे दायरा देखेर कायल भएँ,’ उनले भने, ‘हाम्राे पछिल्लो पुस्ता, खासगरी छाेरीहरू, विविध पुस्तक पढ्छन्, मञ्चमा प्रस्तुत गर्छन्, अनि श्राेताबाट उठेका जिज्ञासामा हाजिरजवाफकाे शैली प्रभावकारी शास्त्रार्थ गर्छन् ! र्याखर्याख्ती पार्ने प्रश्नहरू पनि चातुर्यतापूर्वक जवाफ दिन्छन् ! याे स्तरका बच्चाहरू पछिल्लो पुस्तामा देखेर निकै प्रभावित भएँ ! तिनका प्रस्तुतिमा अबकाे नेपालकाे उज्यालो अनुहार देखें ! यस्तो खालको कार्यक्रम सुदूरपश्चिममा अर्को भएको मलाई जानकारी छैन ! युवा पुस्तालाई पठन संस्कृतिमा सक्रिय बनाउन, ज्ञानमाथि विमर्श गर्न आयाेजना गरिएको यस्तो कार्यक्रम हाम्रो ठाउँको लागि युनिक् हाे । एसपीएका क्याम्पस प्रमुख याेगराज सर र कार्यक्रम संयाेजक अपर्णा गुप्ता म्यामलाई बधाई तथा शुभकामना ।’

क्याम्पस प्रमुख योगराज उपाध्यायले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस खाले कार्यक्रमलाई निरन्तरता दिइने बताए । ‘राजालाई देशमा पुजिन्छ भने विद्धानलाई संसारमा पुजिन्छ भन्ने पुर्खाहरुको भनाई छ,’ गौतमले भने, ‘विद्धान, सभ्य, समझदार नागरिक उत्पादन गर्न पठन संस्कृतिको विकास हुन आवश्यक छ।

सोही कुरा मध्यनजर हामीले यो च्यालेन्ज घोषणा गरेका थियौं। हाम्रो उदेश्यमा केही हदसम्म सफल भएको विश्वास मानेका छौं । आगामी दिनमा पनि यस खाले कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’

  • एसपीए रिडर्स
आइतबार, पुष २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.