• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

बझाङमा गरिबमाथि नै प्रकृतिको बज्रपात

  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित

मष्टा (बझाङ)- बझाङको मष्टा गाउँपालिका-५ द्वारीकी कञ्चना कठायतले ३५ वर्षमा पाइला टेकिन्। यो उमेरसम्म उनलाई प्रकृतिले संकटमा पारेको अहिलेसम्म सम्झना छैन। बाल्यकालमा पर्याप्त आवश्यकता माइतीघरमा पूरा गरेकी कञ्चनालाई बिहेको दिनदेखि नै दौडधुप बढ्यो। माइतीघरमा छँदा सबै आवश्यकता पूरा गरिएको हुँदा सानोतिनो समस्याले उनलाई छुँदैन थियो। जब पराइ घर गइन्, त्यसपछि उनीमाथि संकट आइलाग्न थाल्यो।

उनलाई बिहेपछि घरकी जेठी बुहारीको जिम्मेवारी थपियो। पति खडक कठायतलाई पनि भाइबहिनीको शिक्षादीक्षालगायत जिम्मेवारी थपियो। त्यति हुँदाहुँदै घरमा उनीहरुको वैवाहिक जीवन चलेकै थियो। सात वर्षअगाडि सबै भाइसहित बाआमा अलग भए। घरको सम्पत्ति बाँडफाँट गरियो। त्यो बेलामा खडकका दुई सन्तान मात्रै थिए, दिव्य र सीमा।

उनले परिवारबाट अलग भइसकेपछि एउटा घर निर्माण गरिन्। घरमा सबै राम्रै चल्दै थियो। त्यसपछि सुरु भए उनका दुःखका दिन। दुई सन्तानको लालनपालन गर्न उनको कमाइले ठीकै हुन्थ्यो। उनले परिवारका लागि समय र घरखर्च चलाइरहेकी थिइन्।

समयअनुसार भारत गएर राम्रै आम्दानी गर्ने खडक कोरोना महामारीको ‘लकडाउन’ ले निकै मर्कामा परे। भारतमा भएको रोजगारीसमेत खोसिएपछि घर आउनुपर्‍यो। गाउँमा पनि काम पाइएन। लकडाउनले भारत जाने अवस्था पनि रहेन। घरमा रहँदाबस्दा छोरी जन्मिइन्। दोस्रो वर्ष छोरा र तेस्रो सन्तान छोरी जन्मिइन्। अहिले खडक छोराछोरीको पालनपोषणकै लागि भारतको उत्तर प्रदेशको खरीखानीमा पसिना बगाइरहेका छन्।

‘सुरुआती दिनमा राम्रै कमाइ थियो’, कञ्चनाले भनिन्, ‘अहिले आफूलाई खान पनि नपुग्ने कमाइ छ, सानोतिनो कमाइको केही भाग यता पठाउनुहुन्छ, घरमा दाल, चामल किन्नसमेत पुग्दैन।’ द्वारीमा भएको आफ्नो जमिनबाट उत्पादन हुने अन्नले दुई महिना पनि नपुग्ने र बाँकी १० महिना किनेर खानुपर्ने उनले बताइन्।

द्वारीमा करिब चार सय परिवार बस्छन्। त्यसमध्ये दोघरी ९दुई घर भएका०, तेघरी ९तीन घर भएका० धेरै छन्। खडकको भने एउटै घर छ। ‘गाउँका मानिस प्राकृतिक सङ्कट आउँदा अर्को घरमा जान्छन्‘, कञ्चनाले भनिन्, ‘तर अन्यत्र जाने ठाउँ छैन मेरो, सबैले गाउँ छाडेर गए। हामी एक्लै यतै बसिरहेका छौं।’

दुःख त थियो नै, बस्नका लागि सानोतिनो घर पनि थियो, गत असोजदेखि त्यो घर पनि नरहेको उनले बताइन्। असोज १६ मा भूकम्पले उनको घर क्षतिग्रस्त भयो। चर्पी भत्कियो, ठाडो घर तेर्सो बनायो, ढोका नमिल्ने भएका छन्, त्यही घरमा सुतिरहेका छौं’, उनले भनिन्। राति भूकम्प आयो भने ज्यानै जोगाउन मुस्किल हुने उनले बताइन्। उनले भनिन्, ‘कतै नपाएर फेरि यसैमा टाउको जोगाएका छौं।’

कञ्चना भत्केकै घरमा पाँच छोराछोरीसहित बस्छिन्। खडक भारतमै ज्यालादारी गर्छन्। ‘पतिले पठाएको सानोतिनो खर्चले खान पुग्दैन, घर केले बनाउनु, पैसा नभए अरू ठाउँ कसरी जानु रु’, उनी भन्छिन्। भुँइचालो आएपछि नेपाल राष्ट्रिय समाज कल्याण संघ र डिसिए नेपाल नामक कञ्चनपुरले भूकम्पको मारमा परेका परिवारलाई १५ हजार नगद सहयोग गरेका थियो। त्यसमा उनको परिवार पनि पर्‍यो। संस्थाले मष्टामा मात्रै चार सय ८१ परिवारलाई १५ हजारकै दरले नगद सहयोग गरेको थियो।

कतिपयले उक्त रकम टहरा निर्माणमा खर्च गरे भने कतिले अन्य प्रयोजनमा खर्च गरे। खडकको परिवारले भने सो रकमले खाद्यान्न ल्याएको र मजदुरी गर्न भारत जान खर्च गरेको कञ्चनाले बताइन्। पालिकाले भूकम्प आएका बेलामा एउटा त्रिपाल दिएको थियो। त्यसबाहेक राहतको नाममा केही नपाएको उनले गुनासो गरिन्।

स्थानीय दीपक कठायतले भने, ‘सरकारी तवरबाट केही आएको छैन, ५० हजार रुपैयाँ दिने मात्रै भनेको छ। अहिलेसम्म आएको छैन, आए पनि घर निर्माण गर्न मुस्किल हुन्छ।’ उनका अनुसार उक्त रकम पनि सरकारी किस्ताबन्दीमा आउन सक्छ। सामान्य एउटा काठको टुक्रालाई हजार रुपैयाँ पर्छ भने त्यो रकमले अस्थायी आवास निर्माण गर्न चुनौती नै भएको उनले बताए। रासस

 

  • प्रकृतिको बज्रपात
आइतबार, पुष २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.