• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

आयल निगमको धनगढी डिपोद्वारा व्यवसायीसँग एक लाखसम्म ‘अवैध असुली’

  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित

काठमाडौं- नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले पेट्रोलियम व्यवसायीसँग विभिन्न बहानामा एक लाख रुपैयाँसम्म नियमित अवैध असुली गरेको आरोप लागेको छ । उपनिर्देशक मोहनकुमार साह करिब एक वर्षअघि धनगढी डिपो प्रमुखमा नियुक्त भएदेखि असुली तीव्र भएकाले दुःख पाउन थालेको व्यवसायीले गुनासो गरेका छन् । उनले व्यवसायीको सूची नै बनाएर रकम असुल्ने गरेको र मागेजति नपाए पम्प व्यवसायीलाई पनि माग गरेजति तेल नदिने गरेको व्यवसायीको भनाइ छ ।

साहले बजार मागअनुसार तेल दिन आनाकानी गरेकै कारण धनगढीमा पटक–पटक इन्धनको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले गत ६ मंसिरमा उनलाई लिखित स्पष्टीकरणत सोधेको जिप्रका कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘बारम्बार इन्धन अभाव भएपछि हामीले लिखित स्पष्टीकरण सोधेका थियौँ । त्यसपछि अहिले भने आपूर्तिमा समस्या छैन,’ उनले भने ।

छठयता सुदूरपश्चिममा इन्धन सहज रूपमा वितरण भइरहे पनि साहको घुस असुली रोकिएको छैन । डिपोबाट दैनिक रूपमा पेट्रोलपम्पसम्म इन्धन ओसार्ने ‘निजी ट्यांकर’धनीबाट उनले मासिक एक लाख रुपैयाँसम्म असुलेर दुःख दिइरहेको एक व्यवसायीले गुनासो गरे । ‘कुन पम्पले कति तेल बिक्री गर्छन् भन्ने कुरा निगमलाई थाहा भइहाल्छ ।

तुलनात्मक रूपमा अलि धेरै तेलको कारोबार गर्ने पम्पले माग गरेअनुसारको तेल लैजान डिपो प्रमुख साहलाई एक लाख रुपैयाँसम्म घुस दिनुपर्छ,’ एक व्यवसायीले भने, ‘यति ठूलो रकम महिनैपिच्छे बुझाउनुपर्दा हामी पीडित छौँ ।’ धनगढी डिपोबाट सुदूरपश्चिमका एक सय चारवटा पेट्रोलपम्पमा इन्धन वितरण हुँदै आएको छ ।

त्यस्तै, इन्डियन आयल कर्पोरेसन (आइओसी) को बन्थरा डिपोबाट निगमको धनगढी डिपोसम्म इन्धन ओसार्ने ‘करारका ट्यांकर’धनीलाई ढुवानी भाडा भुक्तानी गर्दासमेत साहले कुल भुक्तानीको १.५ प्रतिशतसम्म कमिसन लिने गरेको स्रोतको भनाइ छ । ‘एउटा ट्यांकरले महिनामा पाँचपटकसम्म भारतबाट तेल लिएर आउँछ । यसरी तेल ल्याउँदाको ढुवानी भाडा निगमले महिनाको अन्त्यमा एकमुष्ठ भुक्तानी गर्छ,’ स्रोतले भन्यो, ‘भुक्तानी रकमको १.५ प्रतिशत कमिसन दिएन भने अर्कोपटकदेखि तेल लिन भारत जाने पालो नै पाइँदैन ।’ धनगढी डिपोमा करिब ८५ ट्यांकर करार सम्झौतामा छन् ।

बलियो नियामक निकाय नभएकाले पेट्रोलपम्पको अनुगमन र सुपरिवेक्षणसमेत निगमकै डिपोहरूले गर्दै आएका छन् । समय–समयमा धनगढी क्षेत्रका पम्पको अनुगमनमा साह आफैँ निस्कने र साथमा करार सेवामा कार्यरत डिलबहादुर ऐरीलाई लिएर जाने गरेका छन् । दुवैजना अनुगमनका लागि पम्पमा झुल्किएपछि ‘चिया खर्च’ पाँच हजारसम्म प्रत्येकपटक दिने गरेको एक पम्प व्यवसायीले बताए । ‘ऐरी सरले चिया खर्चबापतको रकम बुझ्ने र अरू चाँजोपाँजो मिलाउनुहुन्छ,’ ती व्यवसायीले भने ।

१५ वर्षभन्दा बढी समयदेखि कहिले करार र कहिले ज्यालादरी कर्मचारीका रूपमा धनगढी डिपोमा ऐरी कार्यरत छन् । करार र ज्यालादारीका कर्मचारीलाई सामान्य गुजारा चलाउन सक्ने सेवा–सुविधा निगमले दिने भए पनि ऐरीले निगमको सेवा प्रवेशपछि कञ्चनपुरमा घर र जग्गा जोडिसकेका छन् । तर, ऐरीले कार्यालय प्रमुख साहसँग पम्प अनुगमनमा जाने गरेको, तर कसैसँग अतिरिक्त रकम नलिएको दाबी गरे । ऐरी यसअघिको कार्यालय प्रमुख चित्तरञ्जन दासका पालामा पनि हर्ताकर्ता थिए ।

धनगढी डिपो प्रमुख साहले आइओसीबाट तेल लिएर आउने ट्यांकरलाई समयमै डिपोभित्र प्रवेश गरी तेल खन्याउनसमेत १०–१५ हजार रुपैयाँ घुस लिने गरेको ट्यांकरधनीको गुनासो छ । पेट्रोलपम्पसम्म इन्धन ओसार्ने निजी ट्यांकर राख्नसमेत घुस खुवाउनुपर्ने बाध्यता रहेको व्यवसायी बताउँछन् । ‘धनगढी डिपोमा निजी ट्यांकर राख्न निवेदन दियो भने कार्यालय प्रमुख साहलाई केन्द्रीय कार्यालयमा सिफारिस गरिदिएबापत ८० हजार रुपैयाँसम्म दिनुपर्छ,’ एक व्यवसायीले भने, ‘नत्र कार्यालय प्रमुख साहले सिफारिस नै गरिदिँदैनन् ।’

आफूमाथिका आरोपमा साहले भने खण्डन गरेका छन् । उनले आफूलाई लागेको आरोप सुन्नुको सट्टा ‘काम गर्ने मान्छेलाई आरोप लाग्नु ठूलो कुरा होइन,’ भन्दै तर्किए । ‘म काम गर्ने मान्छे हो । त्यसैले काम गर्नेलाई आरोप लागिहाल्छ,’ उनले भने । सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष चक्र मल्लले निगमको धनगढी डिपोबाट व्यवसायीहरूलाई आवश्यकताअनुसार सहजीकरण नभएको प्रतिक्रिया दिए । ‘निर्वाध रूपमा व्यवसाय गर्न आयल निगमको धनगढी अफिसले सहजीकरण गरोस् भन्ने हाम्रो चाहना हुन्छ । तर, त्यसो हुनुको सट्टा बेला बेला दुःख दिने काम भइरहेको छ,’ उनले भने ।

धनगढी डिपो प्रमुख साहले पम्प व्यवसायीलाई दुःख दिने गरेको विषय केन्द्रीय कार्यालयसम्म आएपछि उनलाई तत्कालीन वितरण विभाग प्रमुख दीपक बराल र नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले काठमाडौं बोलाएरै झपारेका थिए । धनगढी डिपोका कर्मचारीले पनि साहका कारण बदनामी कमाउन थालेको भन्दै केन्द्रीय कार्यालयमा गुनासो टिपाएका थिए । त्यसपछि साहले आपूर्ति प्रणाली सुधार्ने र कसैलाई दुःख नदिने भन्दै धनगढी फर्किएका थिए ।

व्यवसायीलाई दुःख दिने काम भएको छ
चक्र मल्ल, अध्यक्ष, सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसन
निर्वाध रूपमा व्यवसाय गर्न आयल निगमको धनगढी अफिसले सहजीकरण गरोस् भन्ने हाम्रो चाहना हुन्छ । तर, त्यसो हुनुको सट्टा बेला बेला दुःख दिने काम भइरहेको छ । यस विषयमा निगमको धनगढी कार्यालय, काठमाडौंमा रहेको केन्द्रीय कार्यालय र जिप्रका कैलालीमासमेत गुनासो गरे पनि सुनुवाइ हुन सकेको छैन ।

काम गर्ने मान्छेलाई आरोप त लागिहाल्छ नि !
मोहनकुमार साह, प्रमुख धनगढी डिपो, आयल निगम
म काम गर्ने मान्छे हुँ । त्यसैले आरोप त लागिहाल्छ । वास्तवमा यहाँ सबै ठीक छ । कसैले चिन्ता लिनुपर्दैन । यहाँ पम्प व्यवसायीसँग मिलेर पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा क्रियाशील छौँ । मूल्य समायोजनका वेला व्यवसायीले तेल नउठाउने हुँदा वेला–वेला बजारमा समस्या देखिने गरेको थियो । अहिले त्यो समस्या पनि हल भएको छ । नयाँपत्रिकाबाट

 

  • धनगढी डिपो
सोमबार, पुष २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.