• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

माघी मनाउने शैली बदलिँदै

"संस्कृति र संस्कारमा कसी "
  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित

धनगढी- पश्चिम नेपालका तराइँका थारु वस्तीहरुमा ‘माघ’ अथवा ‘माघी पर्व’ को रौनक छाएको छ । तरपछिल्ला वर्षहरुमा पहिलोको भन्दा फरक शैलीको रौनक छ । केही वर्ष पहिलेसम्म माघ महिना नजिकिदै गर्दा गाउँ गाउँमा थरिथरिका तालमा मादल बजेको र गीत गाएको सुनिन्थ्यो । माघी मनाउन विभिन्न खानपिनका लागि जोहो गर्ने गरिन्थ्यो ।

तर पछिल्ला वर्षहरुमा माघी मनाउन मेला महोत्सव आयोजना गर्ने तयारी र ति मेला महोत्सवमा नृत्य प्रदर्शनीको रिहल्सल गर्ने तयारी भइरहेका छन् ।  समय र प्रविधिको परिवर्तनसंगै माघी बनाउने रिवाज नै परिवर्तन भएको अनुभूति हुन्छ । यसवर्ष पनि माघी मनाउन गाउँ गाउँमा मासुका लागि बंगुरको खोजी र ढिक्री बनाउन मिलमा गई चामल पिसाउन थालेका छन् भने मकर स्नानस्थल र मठमन्दिरहरुमा मेला महोत्सव आयोजना गर्ने तयारी शुरु भएको छ ।

कैलालीको टीकापुर र सुख्खडमा माघीकै अवसर पारेर महोत्सव आयोजना हुँदैछ । टीकापुर उद्योग वाणिज्य संघले पुस २७ गतेदेखि र सुख्खडमा पुस २६ गतेदेखि मेला शुरु हुँदैछ । बेहडा बाबा, गोदावरी धाम, बुट्का बाबा, लगायतका ठाउँमा माघी मेला लगाउने तयारी भएको छ ।

कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लबले हसुलियाले हरेक माघ २ र ३ गते थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गर्दै आएको छ । काठमाडौंमा पनि महोत्सव आयोजक समिति गठन गरी माघ १ र २ गते माघी महोत्सव आयोजना हुँदै आएको छ । पछिल्लो समयमा जिल्ला जिल्लामा माघी महोत्सव आयोजना गर्ने लहर चलेको सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।

पुस्तान्तरण हुँदै जाँदा थारु समुदायमा नयाँ वर्षको रुपमा मनाइने माघी पर्व मनाउने तरिका पनि फेरिदै गएको हो । समयको परिवर्तनसंगै माघी मनाउने तरिका फेरिएपनि आफ्नो परम्परा र संस्कृतिलाई बिर्सिन नहुने थारु अगुवाहरुको भनाई छ । थारु कल्याणकारिणी सभाका पूर्व सभापति माधव चौधरीले माघी मनाउने तरिका परिवर्तन भएपनि माघीको महत्व झन प्रगाढ हुँदै गएको बताए । उनले माघीमा स्थान गरी ढिलाबाट आशिर्वाद लिने र गाउँभरीमा किसान जम्मा भएर गाउँ विकासको सरसल्लाह गर्ने परम्परा अझै परिकृत हुँदै गएको बताए ।

घरघरमा गई मान्यजनको आशीर्वाद लिएर मनाइने माघमा थारु समुदायले सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन र विकासका लागि माघी मेला, माघी महोत्सव र माघी मिलन सहमारोह आयोजना गर्न थालेको देखिन्छ । यसवर्ष आयोजना गरिने माघी मेला तथा महोत्सवलाई भ्रमण वर्षसंग पनि जोडिएका छन् । बंगरा गाउँका पूर्व भल्मन्सा ओमप्रकाश चौधरीले माघी मेलाले आफ्नो ठाउँका कृषिलाई प्रबद्र्धन गर्नुका साथै सांस्कृति पर्यटनमा समेत सघाउ पु¥याइरहेको बताउँछन् ।

नयाँ वर्ष र योजना तर्जुमा पर्वको रुपमा मनाइन्छ माघी

गाउँ–गाउँमा पुसको अन्तिम दिन सुंगुर काटेपछि थारु समुदायमा माघी शुरु औपचारिक रुपमा शुरु हुन्छ । थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन् । पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरुको चाड भएको छ तर थारु समुदायमा माघी विशेष पर्वको रुपमा मनाइन्छ । माघ महिना लागेसंगै थारु संवत २६४७ अर्थात् थारु समुदायको नयाँ आर्र्थिक वर्ष शुरु हुनेछ ।

पुस मसान्तमा बंगुरको मासु खाने र रातभर जाग्राम बसी धमार गाउने तथा माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रहीआएको छ । यत्ति गरिसकेपछि मान्यजनहरुसंग आशिर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुल लगायतका परिकार खाँदै माघ मनाइने गरेको थारु समुदायका जानकारहरु बताउँछन् ।

बिहानै नुहाएर आइसकेपछि उनीहरुको सम्मान स्वरुप डेउराहार (देउताको थान भएको घरको सबभन्दा उत्तरपूर्वको कोठा) मा चामल, दाल, तेल, नुन, खुर्सानी, हल्दी आदि अन्नहरु राखिएको हुन्छ । त्यसलाई सबै भन्दा पहिले ३÷३ वा ५÷५ अञ्जुली सबै वस्तु अलग अगल छुट्याउने गरिन्छ । यसरी छुट्याएको भागलाई हामीले निस्राउ भन्छौं । त्यो भाग सके त्यही दिन नसके अन्य कुनै दिन हाम्रा विवाहित छोरीलाई उनकै घर गएर दिन्छौं । यसले हाम्रो छोरी र माइतीबीच सद्भाव कायम हुन्छ ।

थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै विताउने गरेको छ । दिउँसभरि आर्शिवाद थाप्ने र मिठो मसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ । माघ महिनासंगै नयाँ आर्थिक वर्ष शुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समिक्षासंगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी÷चौकीदार) को जिम्मेवारी हेरफेरमा जुट्ने गरेको छ ।

माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ । पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने चलन समेत थारु समुदायमा रहीआएको छ । गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिएको थारु कल्याणकारिणी सभाका पूर्व चौधरीले बताए ।

थारुहरुको घरभित्र भने छोराछोरीको विहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ । भाइभाइ घर फुट्ने चलन नराम्रो रहेकाले त्यसलाई न्युनिकरण गर्नुपर्ने जागरण आएपछि थारु समुदायमा यि विषयमा छलफल हुन छाडेको बताउँछन्, थारु नेता ठाकुर करियाप्रधान ।

थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यि सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरु काममा फर्किने गरेका छन् । काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसंग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।

संस्कृतिको प्रतिकको रुपमा माघी

थारु समुदायको व्यक्ति मात्रै होइन, माघीको बारेमा जान्ने जो कोहीको मुखबाट सुन्न सकिन्छ, ‘सखिय हो, माघ क गुरीगुरी जाँर… ।’
माघमा गाइने यो गीत चर्चित भएपनि माघी थारु समुदायको सांस्कृतिक रुपमा पनि सुन्दर पर्व रुपमा रहेको छ ।

पुस मसान्तीको राति हामीहरुले रातभरि जाग्राम बसी धमार गाइन्छ । दाङ्गमा यसलाई धुमरु भन्छन्, कही कही डफको गीत भन्ने गरिन्छ । यो एउटा गीत हो । यसको विभिन्न लय हुनुका साथै विषय पनि भिन्नाभिन्नै हुन्छ । श्रृंगार, करुणा, समाजवाद, राष्ट्रवाद, अधिकारवाद आदि थुप्रै मुद्दाका धमार गीत भेटिन्छन् ।

जिया जिनि मा¥यो, मोहमति लायो, मासु बिना राजा घर जिनि आयो ।
तन त्रसत मन मोर, पिया जिनि जायो विदेश, घर बिलन परजाई ।।

यसको अर्थ हुन्छ : आशा नमार्नु, मायामोह लगाइराख्नु, पर्वको बेला मिठो मसिनो घरमा लिएर आउनु । तन मन त्रसिन्छ । मेरा प्रियपति विदेश नजानु । घर लथालिंग हुन्छ ।

यस्ता, थुप्रै धमारहरु डफ (डम्फु) र मादल बजाउँदै यो गीत गाइन्छ । क्याम्प फायर गरेर वरपर गाउँका इच्छुक सबैले बसेर भाले नबासुन्जेल गाइन्छ । भाले बासेपछि नुहाउनतिर लागिन्छ ।

त्यही डम्फुसहित धमार गाउँदै नुहाउने ठाउँसम्म पुगिन्छ र नुहाइसकेपछि पिठाको सेतो टीका ग्रहण गरी आ–आफ्नो घरतिर लाग्ने चलन छ । संक्रान्तिकै दिनदेखि मघौटा नाच, छोंक्रा नाच, झुम्रा नाच हुन्छन् गाउँ गाउँमा । त्यसमा पनि विभिन्न लय र संगीत हुन्छन् ।

सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्नका लागि थारु समुदायको ‘माघ’ संस्कृतिको प्रचार प्रसार गर्न आवश्यक रहेको जाइँका पूर्वभल्मन्सा कुलविर चौधरी बताउँछन् । उनले माघमै सांस्कृतिक आयामहरुले संस्कृतिमा रमाउन चाहने पर्यटकलाई भरपूर्ण मनोरञ्जन दिन सक्ने बताए ।

मादल, दफ बजाएर नाचगान गर्ने परम्परा विस्तार डिजे बजाएर नाच्ने तर्फ लम्किएको छ । तर पछिल्लो समयमा संस्कृति जोगाउनु पर्छ भन्ने युवामा चेतना बढेकाले केही गाउँहरुमा मादलको तालमा नाचगान गर्ने तालीम नै चल्न थालेको छ ।

 

  • माघी मनाउने
मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.