धनगढी- थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको सो गाउँपालिकाको गाउँ सभा बैठकले पुस २९ देखि माघ २ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
थारु समुदायले माघी पर्व तीन दिन मनाउँदै आएकोले सो समुदायको माग अनुसार पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिए । माघी पर्व नजिकिएसँगै यो समुदायका मानिस पर्वको तयारीमा जुटेका छन्।
















