धनगढी- सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका नेता नारायणदत्त भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेकपा एमालेका नेता रामचन्द्र जोशीले उजुरी दर्ता गराएका हुन्।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत महिलारदलितरअपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन पत्र दर्ता गराएका उम्मेदवार नारायण दत्त भट्टको विरोधमा सोही समूहबाट मनोनयन पत्र दर्ता गराएका उम्मेदवार र उम्मेदवारको प्रतिनिधि रामचन्द्र जोशीले उजुरी दर्ता गराएको जनाईएको छ । भट्टले अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकमा सोमवार मनोनयन दर्ता गराएका थिए।














