कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खडका मृत भेटिएका छन् । उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । भीमदत्त नगरपालिका-६ का अध्यक्ष महेन्द्र खड्काको मृत्यु
महाकाली सिंचाइ आयोजनाको नहरको सडकमा छाडिएको खानेपानीको पाइप पाइपमा ठोक्किएर दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए । वडाध्यक्ष खडका भीमदत्त नगर कार्यपालिकाका प्रवक्ता समेत हुन् । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी डाँगीले बताए ।













