• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ८. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

पश्चिम तराइका जिल्लाहरूमा थारु समुदायको नयाँ वर्ष, माघीको रौनक

  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित

कञ्चनपुर- देशभर आज माघे सङ्क्रान्ति पर्व मनाइएको छ । बिहानै पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकोले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिएको प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तले बताए । माघे सङ्क्रान्ति पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । माघे सङ्क्रान्तिका अवसरमा ठाउँ ठाउँमा मेला महोत्सव आयोजना गरिएका छन् ।

यता सुदूरपश्चिमको पहाडी समुदायले नरहरि सङ्क्रान्ति मनाएका छन् भने थारु समुदायको माघी पनि आजै बाट सुरु भएको छ । कञ्चनपुरसहित पश्चिम तराइका जिल्लाहरूमा थारु समुदायको नयाँ वर्षका रूपमा मनाइने माघीको रौनक छ । हिन्दु समुदायका सबैजसोले माघ महिनालाई पवित्र महिनाको रूपमा मनाए पनि थारु समुदायले भने नयाँ वर्षकै रूपमा मनाउँदै आएका छन् ।

माघी पर्वका अवसरमा थारु समुदाय गाउँका भलमन्साको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । यसै समयमा सबैले आपसी सहमतिबाट एक वर्षका लागि गाउँको नाइकेका रूपमा भलमन्सा, चाकर आदि छनोट गर्ने गरेको थारु अगुवा एवं भलमन्सा बजारे चौधरीले बताए ।

यसले संस्कृति सम्वर्द्धनसंँगै थारु बस्तीमा लोकतान्त्रिक परम्परामा पनि सहयोग पुर्‍याएको छ । आधुनिक गीतसङ्गीतमा रमाएका थारु युवाहरू माघीको समयमा मात्रै भए पनि आफ्नै संस्कृतिमा रमाउन पाउँदा निकै खुसी देखिन्छन् । अहिले ठाउँ ठाउँमा माघी मेला लागेका छन् । बस्ती बस्तीमा रौनक बढेको छ ।

यसैबिच थारु कल्याण कारिणी सभा बेलौरीको आयोजना तथा बेलौरी नगरपालिकाको प्रवर्द्धनमा पुस २६ देखि २८ गतेसम्म ‘बेलौरी माघ म्याला’ सम्पन्न भएको छ । त्यस्तै, पुस २९ गतेका दिन बेलौरी नगरपालिका वडा नम्बर ७ को आयोजनामा माघी मिलन कार्यक्रम सम्पन्न भएको वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

यो सँगै थारु समुदायमा माघीका गीतहरू समेत गुन्जिन थालेकाले थप रौनक छाएको छ । युवाहरू आफ्नै भेषभुषामा नाच्ने गाउने गरिरहेका छन् । गीत सङ्गीतको माध्यमबाट थारु कलाकारहरू थारु भाषा, कला, संस्कृति र भेषभुषाको जगेर्नामा जुटेका छन् । नाचगान र रमाइलोसँगै माघीका भाकाहरू पनि फेरिएका छन् । माघी पर्व अब चेतनाका भाकातिर मोडिँदै छ ।

माघी पर्वलाई अब चेतना र परिवर्तनतिर उन्मुख गराउन थालिएको थारु पत्रकार सरिता चौधरीको धारणा छ । प्रायः जसो रमाइलो गर्ने गीत मात्र सुन्न पाइने थारु बस्तीमा अहिले आपसी मेलमिलाप र चेतनाका स्वर घन्किन थालेका छन् । सबै दाजुभाइ मिलेर संस्कृति जोगाउनुपर्ने सन्देश दिएका यस्ता गीत अधिकांश थारु बस्तीमा गाइन थालेका छन् ।

मगर समुदायले पनि माघे सङ्क्रान्ति पर्वलाई विविध कार्यक्रमका साथ मनाएका छन् । यस पर्वले सबै जातजाति, समुदाय र नेपाली माझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवर्द्धन गर्न सबैलाई प्रेरणा मिलोस् ।

  • माघीको रौनक
सोमबार, माघ ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

समाचार

सबै

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.