धनगढी- राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नागरिक उन्मुक्ति पार्टीलाई सत्ता गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउनमा सहभागी हुन आग्रह गरिएको छ । धनगढीमा बुधवार नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुसंग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा समन्वय गर्ने निर्णय गरेको नेपाली काँग्रेसका जिल्ला सचिव केशव राज मिश्रले बताए ।
काँग्रेस कैलालीका सचिव केशवराज मिश्रको संयोजकत्वमा बसेको बैठकमा नेकपा माओवादीका तर्फबाट दुर्गा बडूवाल, नेकपा समाजवादीबाट दिर्घराज कापडी जोशीको सहभागिता रहेको थियो ।
बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्दको उपस्थिति रहेको थियो ।
















