धनगढी- सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले चोरी, तस्करीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले बिहीबार गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी केसीले सीमा क्षेत्रबाट हुने हातहतियार तथा सामानको तस्करी नियन्त्रण गर्न प्राथमिकताका साथ काम गर्ने बताएका हुन् ।
केसीले भयावह बन्दै गएको लागुऔषध दुर्व्यशनी नियन्त्रणलाई पनि प्राथमिकता साथ गर्ने बताउँदै सबै पक्षको साथ, सहयोगको पाउनेमा आशावादी रहेको बताएका छन् ।
हालै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका केसीले शान्ति,सुव्यवस्था कायम गर्न प्रतिबद्ध रहेको बताए । केसीलाई स्वागत गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मायाको चिनो प्रदान गरेका छन् ।













