धनगढी- कैलालीको बर्दगोरीया गाउँपालिका–६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–८ का ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका–४ का ३२ वर्षीय प्रेम चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सु.प.प्र/.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई खपेटासहित फेला पारेपछि पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।













