धनगढी- नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूको निधन प्रति सुदूरपश्चिम नेपाल नेत्रहीन संघले शोक सभा गरेको छ । अपाङ्गता अधिकार प्राप्तिको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका लिम्बुको निधनप्रति संघले माल्यपअपर्ण सँगै शोक सभाको गरेको हो ।
लिम्बुले नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष, वर्तमान निर्देशक, समाज कल्याण परिषद्का सदस्य, एशियन ब्लाईन्ड युनियनका सदस्यमा रहेर काम गरिसकेका छन् ।
नेपाल नेत्रहीन संघ सुदूरपश्चिम अध्यक्ष अर्जुन रावलले लिम्बुको असामयिक निधनले एक कुशल संगठक एवं नेतृत्व, सफल प्रशासक तथा अपाङ्गता अधिकार प्राप्तिका धरोहर र सबै अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकको निधनले अपाङ्गता अधिकार प्राप्तिको क्षेत्रमा अतुलनीय क्षति पुगेको बताए । लिम्बुको माघ ५ गते निधन भएको थियो ।
















