धनगढी– शीतलहरका कारण चिसो बढेपछि कैलालीको गोदावरी नगरपालिकाले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलि (मंगलबार) देखि १२ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
अत्यधिक चिसोका कारण यस क्षेत्र भित्रका विद्यालयहरुमा पठनपाठनमा समस्या भएकाले नगरप्रमुख स्तरीय निर्णयबाट ४ दिन विदा दिने निर्णय भएको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।
‘चिसो बढेपछि विदाका लागि विद्यालयहरुबाट पनि माग आइरहेको थियो ।’ उनले भने,–‘ठनपाठनमा समस्या हुनुकासाथै विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने देखिएकाले विदा दिने निर्णय गरिएको हो ।’
उनले भने ‘चिसो झन बढ्दै गएको छ । बालबालिकालाई विद्यालय आवत जावतमा समस्या हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै विदा दिएका हौँ ।” केही दिन यता शीतलहरका कारण बढेको चिसोले यहाँको जनजीवन प्रभावित हुँदै गएको छ ।















