बझाङ- बझाङमा जिपको ठक्करबाट एक महिला घाइते भएकी छन् । बुधवार बिहान केदारस्युँ गाउँपालिका वडा नं. ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षिया महेश्वरी मल्ल घाइते भएकी छन् ।
बागथला बाट चैनपुर तर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ । घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।















