• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, भदौ ३१, २०८३
☰
बुधबार, भदौ ३१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार

  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले तीन वर्षको अवधिमा घर तथा विभिन्न संरचनामा पसेका चार हजार ८३६ वटा सर्पको उद्धार गरेको छ ।

सर्पको टोकाइबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा सर्प संरक्षण गर्ने उद्देश्यले उपमहानगरपालिकाले सञ्चालन गरेको सर्प उद्धार अभियानअन्तर्गत उपमहानगरको नगर प्रहरीको टोलीले उक्त संख्यामा सर्पको उद्धार गरेको हो ।

धनगढी उपमहानगरपालिकाले २०८० असार ३१ गतेदेखि घर तथा अन्य संरचनामा पसेका सर्पको उद्धारका लागि अभियान सुरु गरेको थियो । उपमहानगरपालिकाका अनुसार अभियान सुरु भएदेखि २०८३ भदौ मसान्तसम्म चार हजार ८३६ वटा सर्पको उद्धार गरिएको हो ।

नगर प्रहरी टोलीले घरगोठ, कार्यालय, पसल, आँगन, बाथरुमलगायतका स्थानमा पसेका सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उपयुक्त प्राकृतिक क्षेत्रमा छाड्ने गरेको छ ।

उद्धार गरिएका सर्पमा कमन करेत, करेत, अजिङ्गर, कमन कोब्रा, ब्ल्याक कोब्रा, किङ कोब्रा र ब्यान्डेड करेतलगायतका प्रजाति रहेका छन् । विषालु तथा गैरविषालु दुवै प्रजातिका सर्पको उद्धार गरिँदै आएको नगर प्रहरीले जनाएको छ ।

धनगढीमा घर, कार्यालय, पसल वा अन्य संरचनामा सर्प पसेमा नगर प्रहरीलाई तत्काल खबर गर्न सकिने व्यवस्था गरिएको छ । त्यसका लागि उपमहानगरपालिकाले ०९१–५९०६९० र टोल फ्री नम्बर १८१०५००००९० सार्वजनिक गरेको छ । सूचना प्राप्त भएपछि नगर प्रहरीको सर्प उद्धार टोली घटनास्थलमा पुगेर सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिने गरेको छ ।

अभियान सुरु गर्दा उपमहानगरपालिकाले २५ जना नगर प्रहरीलाई सर्प उद्धारसम्बन्धी विशेष तालिम दिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नगर प्रहरीलाई सर्प उद्धार, नियन्त्रण र सुरक्षित स्थानान्तरणसम्बन्धी तालिम दिएको थियो । तालिमप्राप्त नगर प्रहरीले पछि अन्य नगर प्रहरीलाई समेत सर्प उद्धारसम्बन्धी सीप र प्रविधिबारे प्रशिक्षण दिँदै आएका छन् ।

सर्पको टोकाइबाट हुने जोखिम न्यूनीकरण गर्दै नागरिकको ज्यान जोगाउने उद्देश्यले सुरु गरिएको अभियानले सर्प संरक्षणमा समेत योगदान पुर्‍याएको उपमहानगरपालिकाको भनाइ छ ।

उद्धार गरिएका सर्पलाई नमारिकन सुरक्षित रूपमा प्राकृतिक क्षेत्रमा छाड्ने गरिएकाले अभियानप्रति स्थानीयवासीको सकारात्मक प्रतिक्रिया रहेको नगर प्रहरीले जनाएको छ ।

  • चर्पको उद्धार
बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्
कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला
लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.