धनगढी । कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार भजनी क्षेत्रबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१० मिलिग्रामसहित घोडाघोडी नगरपालिका-२ बस्ने ३६ वर्षीय कृष्ण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भजनी नगरपालिका-३ कुसुमघाटबाटै गोप्य सूचनाको आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५० मिलिग्रामसहित सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देवेन्द्र शाही र अछामको साँफेबगर नगरपालिका-१० बस्ने ३० वर्षीय अनिल भुललाई पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















