• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

बाजुरामा करोडौं लगानीको जैतुन खेती अलपत्र

  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित

बाजुरा– बाजुराको बुढिनन्दा नगरपालिका २ जनप्रकाश माविको मैदानमा करोडौ रुपैयाँ खर्च गरेर रोपिएको जैतुन खेती अहिले अलपत्र अवस्थामा रहेको छ । जैतुन परियोजना सकिएसँगै जैतुन खेती पनि सुकेर काम नलाग्ने भएको हो । इटालियन सरकारको सहयोगमा सन् २००६ मा लगाएको जैतुन सन् २०१६ मा सफल भएको भन्दै परियोजना सकिएको थियो ।

तर परियोजना सकिएसँगै जैतुन सकिएको स्थानीय वासीले बताएका छन् । परियोजना स्थानीय सरकारलाई हस्तान्तरण गरिएको थियो । परियोजना सफल भएसँगै बाजुरामा जैतुनको सम्भावना रहेको भन्दै सरकारले जैतुन जोनको रूपमा घोषणा गरेको भए पनि उपलब्धि शून्य रहेको छ । कोल्टी क्षेत्रमा जैतुन जोनको सरकारी कार्यालय रहेको भए पनि कुनै काम नगरेको नागरिक अगुवा लक्ष्मण जोशीले बताए ।

जैतुन बाजुरामा हुने भन्दै सरकारी तथा गैरसकारी संस्थाले प्रचार प्रसार गरेका थिए । कुनै बेला जैतुनलाई कमाइ खाने भाडोको रूपमा लिइएको थियो । अहिले जैतुन परियोजना सकिएसँगै जैतुन पनि सकिएको नागरिक अगुवा जोशीको भनाइ छ । जनप्रकाश माविको मैदानमा जैतुन सफल भएको भन्दै सरकारी तथा गैरसरकारी संस्थाले अन्य ठाउँमा करोडौ रुपैयाँ लगानी गरेको भए पनि उपलब्धी शून्य भएको जोशी बताउँछन् ।

इटालियन परियोजनाले जैतुनको सफल परीक्षण गरेको भए पनि यहाँको सरकारी जैतुन जोनको कार्यालयले भने केही काम अगाडि नबढाएको उनले बताए । नेपाल सरकारले जैतुनका नाममा बाजुरा कार्यक्रम नै सञ्चालन गरेको भए पनि इटालियन सरकारले लगाएको जैतुन समेत सुकेको छ । इटलियन सरकारले बाजुरा, डोल्पा र काठमाडौंमा जैतुनको परीक्षण गरेको थियो । सो परीक्षणका लागि १४ लाख युरो खर्च भएको थियो ।

त्यसमध्ये ५० प्रतिशत अर्थात ७ लाख युुरो (करिब ९ करोड रुपैयाँ) बाजुरामा खर्च भएको थियो । सो परियोजनामा इटालीको तुसिया युनिर्भसीटीको प्राविधिक सहयोग रहेको थियो । ९ करोड बढी खर्च गरेको जैतुनका बिरुवा भएका क्षेत्र अहिले जनप्रकाश माविका विद्यार्थीको शौच गर्ने ठाउँ बनेको छ । परीक्षणका लागि कोल्टीमा ३.५ हेक्टर जमिनमा ६ सय ३६ जैतुनका विरुवा रोपिएको थियो । त्यसमा २८ प्रजातिको जैतुन लगाइएको थियो । त्यो बेला २४ परजातिका विरुवा फलेको तत्कालिन परियोजना अधिकृत जनेश भण्डारीले बताए ।

बाजुरामा हाल स्थानीय र विकसित जातका गरी करिब ३० प्रजातिको जैतुन रहेका छन् । त्यसमध्ये नेपाल सरकारलाई सफल भएको भन्दै १० जात जैतुन सिफारिस गरेको भण्डारीले बताए । गरिबीको सूचिमा देशकै पहिलो स्थानमा रहेको बाजुरामा जैतुनलाई प्रवर्द्धन र विकास गर्न सकिए गरिबी दरमा घट्ने विज्ञहरुको भनाइ छ । बाजुराको वाइ जुकोट, कोल्टी, साप्पाटा, गोत्री जगन्नाथ, कोटिला, ब्रह्मतोला र बाह्रविसेलगायतका स्थानीय जातको जैतुन पाइने गर्छ ।

जंगलमा प्रशस्त्रै मात्रामा जैतुन भए पनि बाजुरामा संकलन गर्ने मेसिन र कुनै प्रविधि नभएका कारण चराचुरुगंले खाएको हेरेर वस्नु पर्ने बाध्यता रहेको स्थानीयले बताउने गरेका छन् । सरकारले नेपालका १० जिल्लामा सम्भावित जैतुन खेती हुने बताएको थियो । कर्णालीका ५ जिल्ला, सेतीको बाजुरा, बझाङ, अछाम र भेरीको रुकुम एवं जाजरकोट रहेको बताइएको छ । विश्वमा महँगो तेलका रूपमा चिनिने यो तेल नेपाली बजारमा प्रतिलिटर ३ हजारभन्दा माथि पर्ने गरेको छ । कारोबारबाट

 

  • जैतुन खेती
आइतबार, फागुन २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.