डोटी- डोटीको सेती नदीमा एक महिला मृत फेला परेकी छन्। डोटीको शिखर नगरपालिका वडा नम्बर ११ स्थित सेती नदीमा सोही ठाउँकी अन्दाजी ७१ वर्षीया गौरी रोकाया मृत फेला परेकी हुन् ।
मानसिक अवस्था ठिक नरहेकी ती महिला बिहीबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
















