मृत अवस्थामा फेला
डोटीमा एक जना मृत अबस्थामा फेला परेका छन । डोटी, पुर्वीचौकी २ रिखाडा स्थित बाराही देवी आधारभुत बिद्यालय जाने बाटोमा सोही ठाउँ बस्ने बर्ष अन्दाजी ५०,५२ को मान बहादुर साउँद मृत अवस्थामा फेला परेका,हुन । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । ।
भिरबाट लडेर मृत्यु
बैतडीमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । बैतडी, शिवनाथ ५ कफाडी बस्ने बर्ष अन्दाजी ३४,३५ की बिन्दु चन्द घाँस काट्ने क्रममा भिरबाट लडी अन्दाजी ४००,५०० मिटर तल खसी निजको घटनास्थलमै मृत्यु भएको,प्रहरीले जनाएको छ । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।













