धनगढी- नेपालमा लागुऔषध प्रगोकर्ताहरुलाई मुद्धा र दण्डका उपायहरुबारे एक अन्तरक्रिया कार्यक्रम विहीबार धनगढीमा सम्पन्न भएको छ ।
रिकोभरी नेपाल (आरएन) को आयोजनामा भएको कार्यक्रममा विभिन्न संस्थाले संकलन गरेका तथ्याकं हेर्दा १५ देखी २९ वर्षसम्म युवाहरु लागु औषधमा लागेको देखिएको तिनिहरुलाई कानुनी उपचार मात्र खोज्दा राज्यलाई असर पर्ने हुँदा यसको उपचार तिर लाग्नु पर्ने बारेमा छलफल भएको छ ।
कार्यक्रमका सहभागीहरुले लागुऔषधका बारेमा प्रदेश सरकारवाट आर्थिक वर्ष २०८०÷०८१ मा वजेट विनियोजन भएको तर त्यो उपलव्धीहीन भएको आरोप लगाएका छन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीवाट दयाराम थारु, जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरिक्षक कल्पना पौडेल, कैलाली जिल्ला वार एशोसियसनवाट ईन्द्र प्रसाद लेखक, कैलाली जिल्ला अदालत बार एशोसिशनवाट रेणु प्रधान श्रेष्ठ र राष्ट्रिय मानव अधिकार आयोगवाट राहुल कुमार ठाकुर लगायत विभिन्न सरकारवाल निकायहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आरएनका केन्द्रीय वोर्ड सदस्य नवराज पाण्डेय र सुदूरपश्चिम फोकल पर्सन शत्रुजित जोशीको सहभागीता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण आरएनका कैलाली जिल्ला कोषाध्यक्ष दिपक वोगटीले गरेका थिए ।













