१ लाख २५ हजार बढीको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ । बुधबार साँझ धनगढीको उर्मी गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी मूल्य रु४८,०००।– बराबरको बोईलर कुखुरा र माछा सहित सोही ठाउँ बस्ने बर्ष ३२ को कालुराम
कामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा, माछा र मानिसलाई समेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनगढी ३ ट्राफिक चौराहा र १५ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।७७,२३७।– बराबरको प्याज, चिनी, मिश्री, चना, बिडी, सुर्ती, सुटपिस, साडी, धोती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













