• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

सुदूरपश्चिममा साढे १० हजार शिक्षक अपुग

  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका विद्यालयमा साढे १० हजार शिक्षक अपुग रहेको एक अध्ययनले जनाएको छ । विद्यालय शिक्षक दरबन्दी मिलानका लागि अध्ययन समितिले गरेको अध्ययन प्रतिवेदनले सुदूरपश्चिम प्रदेशमा १० हजार ४१५ जना शिक्षा अपुग रहेको उल्लेख छ । प्राथमिक तहमा दुई हजार ४१७, निमावि तहमा चार हजार २८२ र मावि तहमा तीन हजार ७१६ जना शिक्षा अपुग छन् ।
अध्ययनले अछामको ढकारी गाउँपालिकामा १२८, तुर्माखाँद गाउँपालिकामा १३२, पञ्चदेवल विनायक नगरपालिकामा १२८, बैतडीको पुर्चौंडी नगरपालिकामा १३०, बझाङ बुंगलनगरपालिकामा १२३ जना शिक्ष अपुग रहेको जनाएको छ । विभिन्न विद्यालयमा अपुग दरबन्दी सिर्जना गर्नुपर्ने र शिक्षक दरबन्दी रहेपनि शिक्षक नभएको ठाउँमा दबन्दी अनुसार शिक्षक भर्ना गरी खटाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले नयाँ दरबन्दी सिर्जना गरेर शिक्षक भर्ना गर्न सरकारसंग माग गरेका छन् ।

प्रदेश शिक्षा विकास निर्देशनालयले आइतबार धनगढीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को समिक्षा गर्न आयोजना गरेको अन्तरक्रियामा सहभागी शिक्षाविद् र शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरुले विद्यालय, विद्यार्थीको अनुपातमा न्युनतम संख्यामा समेत विषयगत शिक्षक नहुनुको कारणले पनि सुदूरपश्चिममा एसईईको नतिजा कमजोर भएको बताए । उनीहरुले यसका साथै भएका शिक्षकले मिहिनेत नगर्नुका साथै भौगोलिक अवस्था, विद्यार्थीले लगनशीलता कम हुनुलगायतका कारणले एसईईको नतिजा कमजोर भएको बताए ।

सुदूरपश्चिम प्रदेशका शिक्षा, युवा तथा खेलकुदमन्त्री लक्ष्मी विकले शिक्षाको गुणस्तर सुधारका लागि तीनै तहका सरकारले नीतिबाटै सुधार गर्नुपर्ने बताइन् । उनले सरकारले शिक्षामा ठूलो लगानी गरेको भएपनि एसइईको नतिजा कमजोर भएको बताइन् । ‘नीतिगत कुरामा हामी कहाँ चुक्यौँ,’ उनले भनिन्, ‘स्थानीय, प्रदेश र संघ सरकारले एक अर्कालाई दोषारोपण गर्नुभन्दा सबै जिम्मेवार बन्न आवश्यक छ । सबै तहमा शिक्षा सम्बन्धी नीतिमा सुधार गर्न आवश्यक छ ।’ उनले शिक्षाको नीति पनि समयानुकुल बनाउन नसकिएको बताउँदै पुरानै शिक्षा नीतिमा चलिरहेको कारण नतिजा खस्किएको बताइन् ।

‘नीतिगत सुधारका लागि साझा अवधारणा बनाएर अगाडि बढ्दा उपयुक्त हुन्छ,’ उनले भनिन्, ‘यहाँका ८८ वटै स्थानीय तहमा बहस गर्न जरुरी छ ।’ सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालले शैक्षिक गुणस्तर सुधारका लागि आगामी योजना बनाएर जानुपर्ने बताए । ‘सुधार गर्न सकिने ठाउँमा सुधार गरौं,’ उनले भने, ‘धेरै सैद्धान्तिक कुरामा नजाउँ । यस उसले गर्दा नतिजा राम्रो आएन भन्नुभन्दा पनि अब कसरी जान सकिन्छ भन्नेमा छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

सुदूरपश्चिबाट एसईई २०८० दिएका ५३ हजार ४४६ जनामध्ये १७ हजार ३६ जना (३१.४७ प्रतिशत) मात्रै ग्रेडिङमा परेका छन् । सुदूरपश्चिमबाट ३६ हजार ४१० (६८.१२ प्रतिशत) विद्यार्थी नतिजा नन् ग्रेडेड (एनजी) आएको छ । एसईईमा सबै भन्दा कमजोर नतिजा आएको सुदूरपश्चिम प्रदेशका ८५ विद्यालयबाट एक जना विद्यार्थी पनि उतीर्ण हुन सकेनन् । ९ वटै जिल्लाबाट एक हजार १३२ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा ८५ विद्यालयको नतिजा शून्य रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

बझाङमा सबै भन्दा कम एक विद्यालयको नजित शुन्य छ भने सबै भन्दा धेरै डोटी र बैतडीमा १८÷१८ विद्यालयको नतिजा शून्य छ । कैलालीका १५, कञ्चनपुर र डडेलधुराका ८÷८, दार्चुलाका ७, बाजुराका ६, अछामका ५ वटा विद्यालयको नतिजा शून्य रहेको निर्देशनालयका शिक्षा विकास अधिकृत कृष्णबहादुर महराले बताए ।

  • शिक्षक अपुग
बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.