धनगढी । कैलालीका विभिन्न स्थानबाट दुईलाख बढीका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कैलालीको धनगढी २
ट्राफिक चौराहा, ८ कान्तीपुर टोल, १२ कम्पनी टोल, टीकापुर ८ झुङगा र भजनी ९ आमबारीको जंगलबाट प्रहरीले सामान बरामद गरेको हो । अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।२,२१,४६५।– बराबरको प्याज, चिनी, गुड, सरफ, सुर्ती, बिडी, माछा, भारतिय नम्बर प्लेटको मोटरसाइकल थान १ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
दुईलाख बढी भन्सार छलिका सामान बरामद
दुईलाख बढी भन्सार छलिका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













