काठमाडौं । कपिलवस्तु, बाणगंगा नगरपालिका(११ ओदारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका २ पिपरा बस्ने ३९ वर्षीय यादव राना र ३७ वर्षीय सुमन पुन रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको लु ८६ प ३००७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका(१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी रूपनी गाउँपालिका ६ बस्ने २५ वर्षीय जिवन प्रकाश साह र बिराटनगर महानगरपालिका(१३ जतुवा बस्ने २६ वर्षीय श्रवण खड्का रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ००१–००५ प ०६४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका १ शिवनगर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ४ बस्ने २० वर्षीय दिपक थापामगर र टिकापुर नगरपालिका ४ बस्ने ३० वर्षीय आशिष चौधरी रहेका छन् ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका ९ जैसिङबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोग्राम सहित राक्सिराङ गाउँपालिका ३ लावती बस्ने १९ वर्षीय साजन प्रजालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ज्यामिरे नेवारपानीबाट खटिएको प्रहरीले उनलाई बोरामा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका(२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ४ सय १० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका ६ सिमलघारी बस्ने २४ वर्षीय गणेश परियारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बाँसगढी नगरपालिका ८ ककौरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश थारू र २१ वर्षीय सोम प्रसाद थारू रहेका छन् । अस्थायी प्रहरी पोष्ट ककौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका(१ बस्ने २४ वर्षीय गणेश नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, सोनमा गाउँपालिका(३ स्थित मरहा खोलाको किनारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित भारत सितामढी भेडहिया ग्राम पञ्चायत(५ भगवतिपुर बस्ने ६० वर्षीय शिवजी साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खैयरवनी र प्रहरी चौकी रघुनाथपुरबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० एम ७९७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













