धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभाकाे हिउँदे अधिवेशन आव्हान गरेका छन् ।
प्रदेश प्रमुखकाे कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी प्रदेश सभाकाे पाँचाैं (हिउदे) अधिवेशन आव्हान गरिएकाे जनाएकाे छ । प्रदेश सरकारकाे सिफारिसमा नेपालकाे संविधानकाे धारा १८३ (१) बमाेजिम यही असार २७ गते आइतबार दिउसाे २ बजेका लागि प्रदेश सभाकाे बैठक आव्हान गरिएकाे छ ।
असार २० गते नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानकाे धारा १६८ (४) बमाेजिम ३० दिनभित्रै विश्वासकाे मत लिइसक्नु पर्ने भएकाले अधिवेशन आव्हान गरिएकाे हाे । विश्वासकाे मत लिइसकेपछि जारी बजेट शुन्यता अन्त्य गर्न सभामा विनियाेजन विशेयक र आर्थिक बिधेयकका साथै बजेट ल्याउने प्रदेश सरकारकाे तयारी छ ।















