धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ७ लाख बढीका भन्सार छलीको सामान बरामद गरेको छ । कैलालीको धनगढी
२ आदर्श टोल, ३ ट्राफिक चौराहा, १४ गडाघाट, गोदावरी ४ हनुमान मन्दिर नजिक, भजनी ३ कांडा, ७ हिक्मतपुर, ८ खैरा र टिकापुर ९
पायलगाउबाट रु ५,६५,८३० को सामान बरामद गरेको छ ।
त्यस्तै कंञ्चनपुरको भिमदत्त १७ खल्ला र बेलौरी २ टेडुवाबाट रु.१,६३,५००।–बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ। सो स्थानहरुवाट प्याज, चिनी, मिश्री, पास्ता, धनियाँ, किसमिस, बदाम, पिनेट,बिडी, सुर्ती, खेलौना, कस्मेटिकका सामान, सुटपिस, धोती, भाँडाकुँडा, मोटरसाइकल थान १ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा कंञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













