धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको चालु आवकाे बजेट बहुमतले पारित भएको छ। गत भदौ ३१ गते प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभामा प्रस्तुत गरेको बजेट आज प्रदेशसभाबाट बहुमतले पारित भएको हो ।
शनिबार बजेटमाथि भएको छलफलमा सत्तापक्षकै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले भने बजेटको विपक्षमा मत जाहेर गरेका छन ।
आर्थिक मामिलामन्त्री थापाले ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको अघिल्लो सरकारले गत असार १ गते ल्याएको बजेट राजनैतिक समीकरणमा आएको फेरबदलले पारित हुन नसकेपछि अहिलेको सरकारले दोस्रो बजेट ल्याएको थियो ।













