• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

नेपाली पत्रकारितामा सुधार्नु पर्ने वैयक्तिक गोपनीयताका १३ बुँदा

  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित

१. कानुनले आरोपितलाई अपराध प्रमाणित नभएसम्म निर्दोषसरह व्यवहार गर्नुभन्छ। तर हाम्रा सञ्चारमाध्यमले तत्कालै आरोपितलाई अपराधी करार गरिहाल्छन्। हिजो सन्दीप लामिछाने, अस्ति पल शाह जस्ता हजारौं घटनाहरू छन्, जहाँ पत्रकार र सञ्चारमाध्यमले प्रहरीले औपचारिक रुपमा मुद्दा दायर नगरीकनै पीडित र आरोपितका निजी सूचनाहरू छताछुल्ल पारेका छन्।

२. आरोपितलाई कानुनी दायरामा ल्याएर न्यायिक प्रक्रियामा लैजाने कुरामा बिमति हुँदै होइन। तर आरोप प्रमाणित नभएका दर्जनौं घटनाहरू छन्, जहाँ मिडिया रिपोर्टिङका कारणले आरोपित वा पीडित अझ पीडित भएका हुन्।

३. विदेशतिर आरोप लाग्ने बित्तिकै त्यो व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गर्न कानुनतः बन्देज लगाइएको हुन्छ। आरोपितलाई जनाउन प्रहरीले कुनै कोड वा संकेत दिन्छ। जस्तै ‘फलानोको घर लुटपाटमा संलग्न ककेसियन मूलको वर्ष ४० को पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।’ प्रहरीको प्रारम्भिक छानबिनले आरोप पुष्टि हुने आधारसहित अदालतमा मुद्दा चलेको अवस्थामा पनि त्यो घटनामा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गरिँदैन।

४. यदि आरोपित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गरिएमा त्यो व्यक्तिले सफाइ पाएको खण्डमा दशौं लाख जरिवाना दाबी गरेर पत्रकार र मिडियाका विरुद्ध मुद्दा हाल्छ। त्यहाँ पत्रकार चोख्याउन प्रेस काउन्सिल वा कुनै राजनीतिक दलका कार्यकर्ता पत्रकार हुँदैनन्। तब मिडियाले जरिवाना तिर्नै पर्छ।

५. हिजो सन्दीप लामिछानेको केसमा पीडितको जाहेरीका आधारमा सन्दीप लामिछानेका विरुद्ध जतिपनि समाचार आए त्यसलाई पुष्टि गर्ने आधार भनेको प्रहरीको गोप्य स्रोत हो। प्रहरी संगठनमा पनि यस्ता संवेदनशील सूचनाको संरक्षण गरी न्यायिक प्रक्रियालाई अघि बढाउनु पर्नेमा पत्रकार र मिडियाको प्यारो हुने लालसा छ। अझ कतिपय प्रहरीले त पीडितको जाहेरीकै फोटो खिच्नै पनि दिनसक्छन्।

६. कतिपय मिडियाले सन्दीप लामिछानेको तीन पुस्ते विवरण सार्वजनिक गरिसकेपछि उनको फोटोमा एक धर्सो कालो पोतेका छन्। मानौं, आरोपितको सबै गोपनीयता त्यही कालो धर्सोले संरक्षण गर्छ। सञ्चार संस्था र पत्रकारलाई यस्ता संवेदनशील सूचनाका बारेमा वा व्यक्तिको गोपनीयताको संरक्षणका बारेमा सोच्ने फुर्सत छैन।

७. पल शाह प्रकरणमा कतिपय मिडियाले समीक्षा अधिकारीका तर्फबाट उनका पिताले दिएको जाहेरीको कपि नै जस्ताको तस्तै सार्वजनिक गरेका थिए। पत्रकारिताको आवरणमा त्यो वैयक्तिक गोपनीयताको उल्लङ्घन एवम् सरासर अपराध हो। यसले के देखाउँछ भने हामीले सूचना पायौं भने पीडितको तीन पुस्ते पनि सार्वजनिक गर्दिन्छौं, आरोपित त दूरको कुरा।

८. केही वर्षअघिसम्म हाडनाता करणीका घटनामा सञ्चारमाध्यमले पीडितको नाम गोप्य राखेर आफन्तको साइनो र अन्य सबै विवरण सार्वजनिक गर्थे। उदाहरणका लागि कुनै काकाले भतिजी करणी गरेमा भतिजीको नाम गोप्य राखेर काकाको तीन पुस्ते विवरण खुलाइदिए पछि पीडितको गोपनीयता बाँकी रहन्छ रु त्यति सोच्ने फूर्सद धेरै पत्रकारलाई थिएन। धेरै वर्षको वकालतपछि हाडनाता करणीमा पीडित एवम् आफन्त दुवैको नाम गोप्य राख्न थालिएको छ।

९. तर अझै पनि कुनै (यौन) हिंसामा पुरुष पीडित छन् र महिला आरोपित छन् भने धेरैजसो पत्रकारले पुरुषको तीन पुस्ते लेखेर महिलाको नाम गोप्य राख्छन्। यो श्राद्धमा बिरालो बाँध्ने चलन अझै जारी छ।

१०. केही वर्ष अघिसम्म आरोपितलाई प्रहरीले अगाडि राखेर पत्रकार सम्मेलन गरेर पत्रकारका अघि अपराध कबुल गर्न लगाउँथ्यो। उनीहरुलाई आफ्नो अनुहार छोप्न दिइँदैनथ्यो। तर विस्तारै गोपनीयताको कुरा उठेपछि प्रहरीले भारत वा अन्य देशमा झैं मखुण्डो लगाइदिन थाल्यो। तर, उनीहरुको यथार्थ विवरण जस्ताको तस्तै आइरहेछ।

११. यौनहिंसा या पारपाचुके जस्ता मुद्दामा अदालती फैसला प्राप्त हुने बित्तिकै त्यहाँ उल्लेख भएका सबै गोप्य सूचनाहरूलाई जस्ताको तस्तै सञ्चारमाध्यममा सार्वजनिक गर्ने चलन छ। सार्वजनिक मात्रै हो र रु ती सूचना वा फैसलाहरुलाई सबैले सधैं भेट्न सक्ने गरी डिजिटल आर्काइभिङ गरिन्छ। त्यसले मानिसको जिन्दगीमा ठूलो असर पार्छ। डिप्रेसन र आत्महत्याको बाटोसम्म पुर्याउँछ।

अपराधको आरोप लागेका सबैमाथि यथाशीघ्र निष्पक्ष छानबिन र सुनुवाइ हुनुपर्छ। प्रहरीले तत्कालै त्यस्ता घटनाहरूलाई न्यायिक निरुपणमा लानुपर्छ। त्यसमा दुईमतै छैन। तर, मिडियाको प्यारो हुन प्रहरी, अदालत वा अख्तियार जस्ता न्यायिक एवम अर्धन्यायिक निकायले सूचना चुहाउँदै आएका छन्। पत्रकारले जे भेट्यो त्यही छापेका छन्। सूचनामाथिको संवेदनशीलता स्वाहा। यो लापरबाही बन्द हुनुपर्छ।

१२. अझ कतिपय भिआईपीहरू छन्, जो कसैका विरुद्ध नियतबश अख्तियारमा अनलाइनबाट बेनामे उजुरी दर्ता गराउँछन्। अनि मिडियामा फलानोको विरुद्ध यस्तो आरोपसहित अख्तियारमा उजुरी परेको छ भन्दै समाचार छताछुल्ल पार्छन्। अनि अख्तियारको उजुरी नम्बर भएपछि ‘पत्रकार’ लाई के चाहियो रु उसका सात पुस्ते विवरण छ्यालब्याल। कुनै दिन यस्तो संवेदनशील विषयमा कहीं गम्भीरतापूर्वक छलफल भएको छ ?

१३. धेरै पत्रकार र सञ्चारमाध्यमका लगानीकर्ताहरू देशविदेश घुमेका छन्। स्वदेशी विदेशी तालिम लिएका छन्। व्यक्तिको सूचना र गोपनीयताको अधिकारका बारेमा जानकार पनि छन्। तर, कसैमाथि कुनै आरोप लागि सक्दा यति लापरबाहीपूर्ण ढंगले वैयक्तिक सूचनाको कारोबार कुन देशमा हुन्छ रु भन्न सक्छन् रु अरु त अरु अलि नाम चलेका अन्तर्राष्ट्रिय मिडियाले त्यस्तै घटनामा कसरी रिपोर्टिङ गर्छन् भन्ने गुगल गरेर पढे हुने। त्यसबाट धेरै सिक्न सकिन्छ।

लेखकको टिप्पणी: म सन्दीप लामिछानेलाई व्यक्तिगत रुपमा चिन्दिन। क्रिकेट मेरो रुचिको खेल होइन। त्यसैले माथिको कुराकानी सन्दीपको पक्षपोषण गर्न लेखिएको होइन। यस विषयमा छलफल गरौं। सौचौं। थिति बसालौं।

(आचार्य क्यानडास्थित अटोवा विश्वविद्यालयमा आमसंचार तथा पत्रकारितामा आचारसंहिता विषयमा अनुसन्धान तथा पठनपाठन गर्छन्। यो आलेख उनको फेसबुक पोस्टबाट साभार गरिएको हो। सं.)

  • पत्रकारिता
बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विपद्पछिको स्वास्थ्य संकट : संक्रमण, पोषण र मानसिक स्वास्थ्यदेखि पुनःस्थापनासम्म
बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान
व्यक्तिवादबाट संगठनवादतर्फ फर्किनुपर्छ” : मदनराज रेग्मी
सुदूरपश्चिमको समुन्नत विकासका लागि चन्द र खनालको सक्रिय पहल
भेनेजुएलामाथि अमेरिकी आक्रमण र साम्राज्यवादी हस्तक्षेप : एक विश्लेषण
नेकपा एमालेको एघारौँ महाधिवेशन : नेतृत्व, समय र संगठनको पुनर्जागरण एक विश्लेषण

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.