• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

मुक्त हलियालाई जीविकोपार्जनमा समस्या

  •   बुधबार, असोज २३, २०८१ मा प्रकाशित

धनगढी- सरकारले हलिया प्रथा अन्त्यको घोषणा गरेको लामो समय भइसकेको छ । धेरै मुक्त हलियाको पुनःस्थापना भइसकेको छ भने केहीको अझै पुनःस्थापना हुन सकेको छैन् । पुनःस्थापना भएका मुक्त हलियाको पनि उचित पुनःस्थापना हुन नसक्दा कष्टकर जीवन बिताउन बाध्य छन् ।

कैलालीको गौरीगंगा नगरपालिका–१० शान्तिटोलका अमर विकले पुनःस्थापना भएपनि रोजगारीको अवसर नहुँदा दैनिकी चलाउन नै समस्या हुने गरेको गुनासो गरे । उनले भने,–“सरकारले घर त बनाइदियो,बस्नलाई त भएको छ । तर,दुई छाक टार्नका लागि भने समस्या हुने गरेको छ ।”

“११ धुर जग्गामा घर बनाइ दिएको छ । आफूसँग खेतीपाती गर्ने जग्गा छैन् । सबै थोक किनेर नै खानुपर्छ । बाख्रापाठा पालौ भने पनि ठाउँ छैन् ।” उनले भने,–“एउटा छोराले भारतमा मजदुरी गर्छ । त्यही कमाइले सबै घरखर्च चलाउनुपर्छ । छ जनाको परिवारको खर्च धान्न मुस्किल हुन्छ ।”

सोही टोलकी बिष्नादेवी सार्कीले पनि गुजारा चलाउनै समस्या हुने गरेको बताए । “सरकारले जग्गा र घर त दियो,यसमा त खुशी छौँ । खाने लाउने,बालबच्चालाई पढाउन साह्रै समस्या छ । सरकारले दिएको जग्गामा घर बनाउनबाहेक अरु ठाउँ छैन्”, उनले भनिन्,“जग्गा भएको भए खेतीपाती गर्न हुन्थ्यो । चार कठ्ठा जग्गा अधियाँ बनाएकी छु । त्यहाँबाट आएको अन्नले दुई महिना पनि खान पुग्दैन् ।”

No description available.

आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरीलाई पढाउन समस्या भएको उनको गुनासो छ । “एउटा छोरीले पैँसाकै अभाव भएर सात कक्षामा नै पढाइ छोड्नु प¥यो । यहाँ बसेर घरखर्च नचल्ने भएपछि एउटा छोराले भारतमा मजदुरी गर्छ ।” सार्कीले भनिन् “एक जनाको कमाइले घरखर्च नै नपुग्ने भएपछि छोरी पनि पढाइ छाडेर भारतमा मजदुरी गर्न जान थालेकी छन् ।” उनले भनिन्,“घर भएर मात्रै पनि के गर्नु ? रोजगारी हुनु प¥यो । यहाँ त ज्याला मजदुरी गरौँ भने पनि मिल्दैन् ।”

त्यस्तै,सोही टोलका राजबहादुर सार्कीले दैनिकी चलाउन भारतमा मजदुरीका लागि जाने गरेको बताए । उनले भने,–“यहाँ केही कृषि कार्य गरौँ भने जग्गा पनि छैन् । खाने गुजाराको लागि भारतमा मजदुरी गर्न जान्छौँ । जग्गा भए तरकारी खेती गरौँ,अरु व्यवसाय गरौँ भने पनि हुन्थ्यो । जग्गा छैन् । छ जनाको परिवार छ । यहाँ काम पनि पाइदैन् ।”

No description available.

सरकारले रोजगारीको व्यवस्था गरि दिएको भए जीविका चलाउन,बालबच्चालाई पढाउन सहज हुने उनको भनाइ छ ।
सरकारले उक्त टोलमा मुक्त हलियाको पुनःस्थापनाका लागि विसं. २०७४ सालमा ११÷११ धुर जग्गामा २० वटा दुई कोठे घर निर्माण गरेको राष्ट्रिय मुक्त हलिया समाज महासंघ कैलालीका अध्यक्ष भोजबहादुर सार्कीले जानकारी दिए । तर,अहिले त्यहाँ १० वटा घरमात्रै प्रयोगमा रहेका छन् ।

अध्यक्ष सार्कीले भने,–“१० वटा घर प्रयोगमा छैनन् । यहाँ बस्दा गुजार चलाउन समस्या हुन्छ भनेर उहाँहरु आएर बस्नु भएको हैन जस्तो लाग्छ । ऐलानी जग्गामा बसेकाहरुलाई त त्यहाँ केही गरेर खाने गुजारा त चलेको छ । यहाँ घर त छन् । तर रोजगारीको अवसर छैन् ।”
पुनःस्थापना भएका मुक्त हलियालाई रोजगारीको अवसर नहुँदा जीविकोपार्जनमा समस्या भएको राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले बताए । उनले भने,–“मुक्त हलियाहरुले शिक्षा,स्वास्थ्य,रोजगारीलगायतका अवसर नपाउँदा समस्यामा छन् । मुक्त हलियालाई गुजारा चलाउनै कठिन छ । अझै कतिपय मुक्त हलियाको पुनःस्थापना हुन सकेको छैन् ।”

पुनःस्थापनासँगै शिक्षा,स्वास्थ्य,रोजगारी, दीगोजीविकोपार्जन,सामाजिक सशक्तिकरण, समावेशीकरण सम्बन्धि मुद्दालाई सरकारले विशेष प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष सुनारको जोड छ ।

No description available.

नेपाल सरकारले प्रमाणिकरण गरेका १६ हजार नौ सय ५३ परिवारमध्ये हालसम्म १३ हजार पाँच सय ४६ परिवारले पुनःस्थापना प्याकेज पाएका, पुनःस्थापना प्याकेज पाएकामध्ये नौ प्रतिशत परिवारले पुनःस्थापना प्याकेजको अन्तिम किस्ता नपाएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका कार्यकारी निर्देशक हरिसिंह बोहराले जानकारी दिए ।

२० प्रतिशत मुक्त हलियाको पुनःस्थापना अझै बाँकी रहेको उनले बताए । नेपाल सरकारले विसं. २०६५ भदौ २१ गते सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन गरि १२ जिल्लामा कुप्रथाका रुपमा रहेको हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठन र राष्ट्रिय मुक्त हलिया समाज महासंघको साझेदारीमा सञ्चालन भइरहेको ब्रिज परियोजनामार्फत बाध्यकारी श्रम अन्त्यका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम,नीति निर्मातासँग छलफल गर्ने लगायतका कामहरु गरिरहेको महासंघले जनाएको छ ।

  • जीविकोपार्जनमा
बुधबार, असोज २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ

समाचार

सबै

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.