धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ९ लाख ६४ हजार ६८६ नगद सहित १६२ जनालाई जुवातास खेलिरहेको अबस्थामा प्रहरीले प्रकाउ गरी कारवाही गरेको छ । दशै तिहार र छठ पर्ब लक्षित सुरक्षा योजना लागु भए पश्चात प्रहरीले उनीहरुलाई पक्राउ गरि कारवाही गरेको हो ।
सुदुरपश्चिम प्रहरी कार्यालय धनगढी,कैलाली मातहतका कैलाली र कञ्चनपुर जिल्लाका प्रहरीले उनीहरुलाई पक्राउ गरेको सुदुरपश्चिम प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत समेतबाट रु-४,९७,२३१।–नगद सहित ७७ जना र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत समेतबाट रु,४,६७,४५५।– नगद सहित ८५ जनालाई जुवातास खेलीरहेको अवस्थाम निन्त्रणमा लिई कारवाही गरिएको प्रहरीले जानकारी दिएको छ ।













