• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

कृषिमा यान्त्रिकीकरण : खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  •   बुधबार, असोज ३०, २०८१ मा प्रकाशित

सुदूरपश्चिम- घरमा ‘पावरटिलर’ सहितको कृषियन्त्रको व्यवस्था भएपछि धनगढी उपमहानगरपालिकाका किसान कालुराम चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यस अघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आएका उनी दुई वर्षदेखि पावरटिलरले खनजोत गर्न पाउँदा खुसी छन् । उनले भने, “ट्याक्टर, पावरटिलर जस्ता कृषियन्त्रको प्रयोगले खनजोतको काम छिटोछरितो भई काम गर्न निकै सहज भएको छ, घरमा खेतीको कामका लागि गोरु र राँगा पाल्नुपर्ने झन्झट पनि अब हटेको छ ।”

कृषियन्त्रले खनजोत गर्दा बालीहरूको उत्पादन र उत्पादकत्व पनि सन्तोषजनक रहेको उनले बताए । आफ्नो खनजोत गर्ने काम सकेर छरछिमेकीको खेत जोत्ने काम पाउँदा ट्याक्टर र पावरटिलरवालाले आम्दानी पनि गरिरहेको कैलाली गोदावरी नगरपालिकाका सुभाष चौधरी बताउँछन् ।

“आफ्नो घरमा रहेको गोबर ग्यासमा प्रयोग गरिने गोबरका लागि मात्रै गोरु र राँगा पाल्नुपर्ने बाध्यता छ”, उनले भने, “खेतमा खनजोत गर्नेलगायत सबै काम अब ट्याक्टर र पावरटिलरबाट गर्ने गरिएको छ ।”

कतिपय किसानले खेतीको काम सकेपछि मालसामान ढुवानीको काममा पनि यी कृषियन्त्रको प्रयोग गर्ने गरेका छन् । धनगढी उपमहानगरपालिका–१३ का ७४ वर्षीय अर्का किसान ललितसिंह राना खेती गर्दा आफूले बाल्यकालमा कठिन परिश्रम गर्नुपरेको बताउँदै उनले भने, “उति बेला गोरुको सहायतामा कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, सबै चीजको सुविधा पुग्दा अहिलेका किसान भाग्यमानी छन् ।”

प्रदेश सरकार र स्थानीय पालिका सरकारले ५० प्रतिशत अनुदानमा किसानलाई पावरटिलरलगायत कृषियन्त्र उपलब्ध गराउँदै आएको छ । कृषियन्त्रको प्रयोग र उन्नत बीउको प्रयोग गर्नेहरू बढेसँगै कृषि उपजको उत्पादन पनि पहिलेको तुलानामा बढेको मात्र नभई कृषियन्त्र प्रयोग गर्दा समयको बचत भई परिश्रम कम लाग्ने गरेको किसानहरूको अनुभव छ ।

उनले थपे, “घरमै राखिएको स्थानीय जातको बीउको प्रयोगले प्रतिबिघा जग्गामा मुस्किलले आठरदश क्विन्टल धान फल्थ्यो, राम्रोसँग खनजोत हुने र उन्नत बीउको प्रयोगले २० क्विन्टलसम्म फलेको देखिएको छ ।”

कृषि निर्देशनालयको तथ्यांकमा पनि कृषि उपज धान र गहुँको उत्पादकत्व पहिलेको तुलनामा वृद्धि भएको जनाइएको छ । बालीहरूको उत्पादन र उत्पादकत्व वृद्धि भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्न विदेशबाट आयात भइरहेको तथ्यांक छ ।

समय परिवर्तनसँगै पहिलेको भन्दा कृषि कर्म गर्न सहज भइरहे पनि मौसममा पटक पटक देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने कृषि क्षेत्र प्रभावित भइरहेको किसानको अनुभव छ । कृषक सुभाषले भने, “गाउँभरिका पाँचरछ घरबाहेक सबैका घरमा पावरटिलर छ, पावरटिलर नभएको घरमा ट्याक्टर, धान तथा गहुँ झार्ने ९थ्रेसिङ० गर्ने मेसिन छ, सबैले यी कृषियन्त्र नै प्रयोग गर्छन्, हलो जोतेर खेती गर्ने समय अब हराउँदै छ ।”

बर्सेनि मौसममा आउने परिवर्तनका कारण भने आफ्नो बाली जोगाउन हैरानी खेप्नुपरेको किसानको भनाइ छ । ललितले भने, “मौसमको समस्या भने अहिलेको जस्तो उहिले थिएन, उति बेलाको समयमा हिँउदेयाममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरीको समस्या थिएन ।”

खेती गर्दा चाहिएको बेला रासायनिक मल नपाउने किसानको अर्को समस्या पनि छ । मुख्य खाद्यान्न बालीका रूपमा किसानले धान र गहुँ बालीको खेती गर्दै आएका छन् । कृषि उपजको उत्पादन गरेर हुने आम्दानीबाट किसानले जीविका चलाउने गरेका छन् । आफूलाई वर्षभरि आवश्यक पर्ने कृषि उपज कृषकले घरमै भण्डारण गरी बढी भएको धान व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश सरकारको अभियान’ भन्ने नारासहित चालु वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिएको छ । कृषिको उत्पादन लागत घटाई आम कृषकको आम्दानी वृद्धि गर्नमा टेवा पुर्‍याउन कृषकलाई कृषि ऋणको व्याज र विद्युत् महसुलमा सहुलियतको व्यवस्था पनि गरेको छ । रासस

  • कृषिमा यान्त्रिकीकरणः
बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप
हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड
बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.