• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दुई दशकदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित

  •   सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित

दोधारा चाँदनी- तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) बाट विस्थापित नागरिकको २३ वर्ष वित्दासमेत पुनःस्थापना हुन सकेको छैन । आरक्ष पीडितलाई पुनःस्थापना गर्नका लागि सरकारले पटक–पटक गरी हालसम्म ३२ वटा आयोग गठन गरिसकेको छ तर विस्थापितको समस्या समाधान हुन भने सकेको छैन ।

सरकारले गत असोज २ गते विस्थापितको समस्या समाधानका लागि उच्च अदालतका पूर्वन्यायधीश जयानन्द पनेरुको संयोजकत्वमा ६ सदस्यीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गरेको छ । तर विस्थापित आफूहरु पुनःस्थापना हुनेमा विश्वस्त भने छैनन् ।

ढक्का शिविरमा बस्दै आएका सरेराम लोहारको रौतेली बिचवामा अढाइ बिघा जमिन थियो । विसं २०३८ मा बैतडीबाट बसाइँ सरी कञ्चनपुरको रौतेलीविचवा आएका लोहार विस्थापित भएपछि निकुञ्जको मुख्य क्षेत्रको ढक्का शिविरमा बसोबास गर्दै आएका छन् ।

“हामीलाई त सरकारले घरबारविहीन बनाएको हो, २३ वर्ष भयो अहिलेसम्म न्याय पाएनौँ”, लोहारले भने, “जङ्गलको बास छ, उज्यालो छैन खेती गर्न पनि आरक्षको अनुमतिबिना खनजोत गर्न पाइँदैन ।”

उनले विस्थापितको पुनःस्थापनाका लागि सरकारले आयोग मात्रै बनाउने गरेको बताउँदै पुनःस्थापना हुने आशा पनि मरिसकेको बताए । “आयोग मात्रै बन्छन् हाम्रो दुःख कसैले सुनिदिएन”, उनले भने, “नेताहरु आउँछन् आश्वासन मात्रै दिएर जान्छन् राज्यले हामीलाई नागरिकको जस्तो व्यवहार गरेन ।”

सरकारले हाल गठन गरेको आयोग ३३ औँ हो । विस्थापितहरु भने पुनःस्थापना हुनेमा ढुक्क छैनन् । “जति आयोग बने पनि हाम्रा पीडा हामीसँगै छन् सरकारले २३ वर्षसम्म हाम्रा पीडा सुनेन्”, ढक्का शिविरमा बस्दै आउनुभएका प्रेमबहादुर कार्कीले भन्नुभयो, “नेता आउँछन, आयोगका अध्यक्ष आउँछन् आश्वासन मात्रै दिएर जान्छन् हाम्रा समस्या समाधान कहिले भएनन् ।”

शिविरमा जङ्गली जनावरको भयमा बस्नु परेको उनले दुःखेसो गरे । “बालबालिकालाई पढाउन विद्यालय छैन बस्ती अध्यारोमा छ राति हात्तीको बथान गाउँ पस्छ”, उनले भने– “सरकारले हामीलाई उठाएर दशकदेखि बिचल्ली बनाएको छ, तर सरकार हाम्रो पीडा कहिल्यै सुन्दैन ।”

पछिल्लो पटक राजेन्द्र सुवेदी नेतृत्वको आयोगले काम नै गर्न पाएन भने ठाकुरप्रसाद शर्माको नेतृत्वमा गठन भएको आयोगले विस्थापितको सङ्ख्या पहिचान गरेको थियो । शर्मा नेतृत्वको आयोगले एक हजार चार सय ८० विस्थापित परिवारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएको थियो ।

उक्त आयोगले विस्थापित परिवारलाई पुनःस्थापनाका लागि दुईदेखि तीन कठ्ठासम्म जमिन वा रु पाँच लाखसम्म दिन सिफारिस गरेको थियो । निकुञ्ज विस्थापित (ढाक्का शिविर) सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले २०५८ सालदेखि पीडामा रहेको बताए ।

“आरक्षपीडित २३ वर्षदेखि पीडामा छन् यसका नाममा विभिन्न आयोग बने तर अहिलेसम्म हाम्रो पुनःस्थापना हुनसकेन”, भण्डारीले भने, “अहिले ३३औँ आयोग बनेको छ यसले हाम्रो पुनःस्थापना हुन्छ भन्नेमा आशावादी त छौँ ।”

न्यायिक आयोगका अध्यक्ष जयानन्द पनेरुले आयोगले काम सुरु गरिसकेको बताए । “आयोगले काम सुरु गरेको तीन महिनाभित्र टुङ्गो लगाउने गरी म्याद तोकेको छ”, उनले भने, “अहिले राजनीतिक दलका पार्टी र पीडितसँग अनौपचारिक छलफल भइरहेको छ ।”

विस्थापित भएकामध्ये कतिपयको पुनःस्थापना भए पनि बाँकी रहेका हालसम्म पुनःस्थापना हुनसकेको छैन । विसं २०५८ सालमा सङ्कटकालका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडित अझै पनि जङ्गल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् ।

हाल विभिन्न स्थानका १७ वटा शिविरमा विस्थापित बसोबास गरिरहेका छन् । निकुञ्जभित्रको ढक्का शिविरमा छ सय चार, तारापुर एक सय ८० र लल्लरे डाँडामा १३ परिवारको बसोबास छ । त्यसैगरि कृष्णपुर नगरपालिकाको बाणी, सिसमघारी र मालुबेला, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा, बनहरा र वैशाखा, बेदकोट नगरपालिकाको सुडासँगै पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाका शिविरमा गरी दुई हजार चार सय ७३ परिवार विस्थापित रहेका छन् ।

तत्कालीन समयमा विस्थापितलाई भीमदत्त नगरपालिका १४ र १६ को नयाँ कटान, बेदकोट नगरपालिका १० र शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा पुनःस्थापना गरिएको थियो । पुनःस्थापना हुन नसकेका अहिले निकुञ्जभित्रै र बाहिर बसोबास गरिरहेका छन् ।

निकुञ्जभित्र बसोबास गरिरहेका पनि जङ्गलमै खनजोत गरेर खेतीपाती गरिरहेका छन् । जङ्गलमा वन्यजन्तुदेखि सर्प र कीराको डरमा बाँच्नु परेको विस्थपित बताउँछन् । एक सय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर तीन सय पाँच वर्गकिलोमिटर बनाएको थियो । रासस

  • शुक्लाफाँटा आरक्ष
सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.