काठमाडौं । काठमाडौ टोखा नगरपालिका ३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका ९ घर भएकी एक महिलाको कोठामा जुवातास खेलिरहेको अबस्थामा उनी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीप्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका १५ उषाटोलको एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
बाँके, राप्तिसोनारी गाउँपालिका-६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













