• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

अढाई वर्षदेखि पन्छी अभय आरण्य क्षेत्र अलपत्र

  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले पन्छी को बास स्थान संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यका साथ घोडाघोडी ताललाई पन्छी अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । तर घोषणाको अढाई वर्षसम्म सो क्षेत्रका लागि कार्ययोजना समेत बनाएको छैन ।

विश्व रामसार सूचिमा दर्ता भएको घोडाघोडी ताल नेपालमा सबै भन्दा बढि पञ्छी जम्मा हुने सिमसार क्षेत्र हो । घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका पञ्छीले बसोबास गर्ने गरेका छन् । ति मध्ये ६४ प्रजातिका जलपञ्छी बस्ने गरेका छन् । हिउँदमा यहाँ मंगोलियन, साइबेरियन पञ्छी समेत आएर बस्ने गरेका छन् भने कतिपय लोपोन्मुख प्रजातिका पञ्छी पनि घोडाघोडीमा पाइने गरेका छन् ।

स्थानीय पन्छी र बाहुना पन्छी को बास स्थल संरक्षण गर्ने उद्देश्यका साथ पञ्छी अभय आरण्य क्षेत्र घोषणा गरिएको तत्काली घोडाघोडी पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम (डिआर) चौधरीले बताए । ‘पञ्छीको बास स्थान संरक्षण गर्ने, पञ्छीको संख्या बृद्धि गराउने र पर्यापर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले प्रदेश सरकारले पन्छी अभय आरण्य क्षेत्र घोषणा गरेको थियो,’ उनले भने, ‘बोर्डमा रहेको हुनाले हामीले पनि समन्वयकारी भूमिका निर्वाह गरेका थियो । सरकारले कार्ययोजना बनाएर संरक्षण, प्रबद्र्धनका विभिन्न कार्यक्रम ल्याउने घोषणा पनि गरेको थियो । तर अहिलेसम्म कार्ययोजना बनेको छैन ।’

पन्छी अभय आरण्य क्षेत्र घोषणा प्रदेश सरकारले भने जस्तै गरी संरक्षणका विभिन्न कार्यक्रम आउने र घोडाघोडीमा पर्यटन विकासले समेत फड्को मार्ने आश समेत मरेको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बमले बताए । उनले ताल संरक्षण र व्यवस्थापनको जिम्मेवारी मञ्चले पाएको हुँदा आफूहरुले टिकटबाट संकलन भएको रहकले ताल संरक्षण र व्यवस्थापनको काम गर्दै आएको बताए । उनले प्रदेश सरकारले ताल र पन्छीको बास स्थान संरक्षणका लागि कार्यक्रम नल्याएको बताए ।

पन्छी संरक्षणकर्मी दिपक शाहले अभय आरण्य क्षेत्र घोषणा भएपनि पञ्छीको बासस्थान संरक्षण हुन नसकेको बताए । उनले प्रदेश सरकारले संरक्षण र प्रबद्र्धनको लागि योजना र बजेट नल्याउँदा वार्षिक रुपमा गैरसरकारी संस्थाले चरा गणना बाहेकको काम हुन नसकेको बताए । डिआर चौधरीले पनि प्रदेश सरकारले संरक्षणका लागि कार्ययोजना बनाउन गतवर्ष नै छलफल अगाडि बढाएको भएपनि हालसम्म कार्ययोजना तयार नगरेको बताए । उनले कार्ययोजना नभएकोले पनि प्रदेश सरकारले बजेट विनियोजन पनि नगरेको बताए । उनले डिविजन वन कार्यालयबाट नियमित वन संरक्षणको कार्यबाहेकको काम हुन नसकेको बताए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले घोडाघोडी तालमा रहेको मिचाहा प्रजातिका झार हटाउन ५ लाख रुपैयाँ बाहेको कार्यक्रम र बजेट सो क्षेत्रका लागि विनियोजन गरेको छैन । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव हेमराज विष्टले पन्छी अभय आरण्य क्षेत्र जनजागरण र समन्वयत्मक कार्यबाट संरक्षण भइरहेको बताए । उनले बजेट विनियोजन नभएपनि स्थानीय नागरिकमा जागरण ल्याउने, सामुदायिक वन र डिविजन वन कार्यालयबीच सहकार्य, समन्वयबाट संरक्षण गर्ने कार्य भइरहेको बताए ।

आन्तरिक पर्यटकको ओइरो
चाडपर्व लागेसंगै घोडाघोडीमा आन्तरिक पर्यटक घुम्न आउने क्रम बढेको छ । स्थानीय दिपक शाहका अनुसार दैनिक एकदेखि डेढ सय जना मानिस घुम्न आउने गरेकोमा दशैतिहार लागेसंगै दैनिक तीनदेखि ५ सय जना मानिसहरु घुमफिर गर्न आउन थालेका छन् ।
घोडाघोडी प्रवेशको टिकट लगायतको व्यवस्थापन गरिरहेको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बमका अनुसार प्रति व्यक्ति १० रुपैयाँका दरले प्रवेश शुल्क निर्धारण गरिएको छ । प्रति टिकटमा ५ रुपैयाँ मञ्चले र ५ रुपैयाँ घोडाघोडी नगरपालिकाले लिने गरेको बताए । अध्यक्ष बमले संकलन भएको रकमले घोडाघोडीमा खानेपानी, पार्क मर्मत, सौन्दर्यकरण, कर्मचारी व्यवस्थान लगायतमा खर्च गरिदै आएको छ । उनले बर्डवाचका लागि बाइनाकुलर, भ्युटावर लगायतको व्यवस्था गरिनुका साथै घोडाघोडी मन्दिरमा दर्शनको व्यवस्था समेत मिलाइएको बताए ।

बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप
हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड
बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.