भोजपुर । आमचोक गाउँपालिका ८ मगरमुखास्थित लिम्बुनी जंगलको गोरेटो बाटो छेउबाट भरूवा बन्दुक १ थान शुक्रबार प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरीले बाटोको छेउमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













