पर्सा । पर्सागढी नगरपालिका-८ हरपुरबाट १ थान भरूवा बन्दुक शनिबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बाटो छेउमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















