धनगढी ।कैलाली र कञ्चनपुरबाट काठ ओसार पसार गरिरहेको अबस्थामा बिभिन्न जातको काठ र मानिसलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार कैलालकिो जानकी गाउपालिका वडा ७ चिलिम चौराह सडकखण्डमा जिल्ला कैलाली टीकापुर नगरपालीका वडा न.१ वनगाउँ बस्ने
वर्ष ३५ को टेक बहादुर घर्तिमगरले चलाएको से.१ त.२८६३ नम्बरको ट्याक्टरमा सिमल जातको काठ गोलिया थान १० को ९७९.८६ क्युफिट रु.१९,९६५।– बराबरको काठ ओसार पोसार गरिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी काठ, टेक्टर र चालकलाई पक्राउ गरिएको हो ।
त्यस्तै बिहिबार नै कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ४ क्याम्पस टोलबाट बर्ष ५७ को कर्ण बहादुर बोहराले गाडामा (डल्लब) लोड गरील्याउदै गरेको सिसम जातको ४ (चार) गोलिया १२ क्युफिट र साल जातको दुइ बल्ली ५ क्युफिट मुल्य रु २५,००० बराबरको काठ फेला पारी गोरु सहितको डल्लब र मानिस सहित नियन्त्रणमा लिई सव डिभिजन वन कार्यालय कृष्णपुर कञ्चनपुरको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।













