धनगढी । कैलालीमा स्रोत नखुलेको ८ लाख ९६ हजार ६६० नेपाली रुपैया र ५ लाख ३१ हजार चार सय भारतीय रुँपया सहित २ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनिया बस्ने बर्ष ३२ को अमन कुमार गर्ग र टिकापुर १ बस्ने बर्ष १९ को अर्मन चौधरी रहेका छन् ।
कैलाली भजनी नगरपालिका वडा नं. ०५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै ईलाका प्रहरी कार्यालय पृथ्बीपुर कैलालीबाट खटीगएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
भारत उत्तर प्रदेश लखिमपुर खिरी तिकुनियाका गर्गले चलाई रहेको UP 32 HH 6753नम्बरको भारतीय मो.सा. लाई चेकजाच गर्दा निजले सुर्के थैलीमा कम्मरमा बाधेर राखेको स्रोत नखुलेको नेपाली रु.८,९६,६६० (आठ लाख छयानब्बे हजार छ सय साठी) नेपाली रुपैया फेलापारी रितपूर्वक बरामद गरी उक्त रुपैया, मो.सा. र निज समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सत्ती पठाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै कैलाली टिकापुर नगरपालिका १ बस्ने चौधरीले स्रोत नखुलेको भारतीय रुपैया लुकाई-छिपाई राखेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटीगएको प्रहरी टोलीले टिकापुर १ स्थित अर्मन चौधरीले संचालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स पसलमा चेकजाँच गर्दा उनको साथबाट भारतीय मुद्रा रु.५,३१,४००।(पाँच लाख एकतीस हजार चार सय) फेलापारी रितपूर्वक बरामद गएिको जिल्ला प्रहरी कार्यालय कैलालकिा सह(प्रवक्ता एबं प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।
अर्मन चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्वा अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाउने तयारी भईरहेको उनले बताए ।














