• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ८. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक खेतीमा संलग्न भएका छन् ।

छ वर्षदेखि चौधरीले तरकारी खेती गर्दै आएका छन् । चार वर्ष मलेसियामा काम गरेर फर्केका चौधरीले वर्षमा तरकारी खेतीबाट रु सात लाख बढी आम्दानी गर्दै आएका हुन् । वैदेशिक रोजगारीबाट फर्केर चौधरीले चार कठ्ठा जग्गा खरिद गरेका थिए ।

सोही जग्गामा उनले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् । “थोरै जग्गा थियो”, उनले भने, “सात जनाको परिवारको खर्च चलाउन चुनौती पूर्ण थियो, स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै रहेकामा घर फर्केर चार कठ्ठा जग्गा थपे ।”

घरका लागि मात्रै थोरै मात्रै तरकारी खेती गरिँदै आएको थियो । तरकारी खेती गर्ने तौरतरिका भए पनि आर्थिक अभाव थियो । वैदेशिक रोजगारीबाट कमाएको केही रकम लगानी गरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुने चौधरीले निर्णय गरेका थिए ।

तरकारी खेतीमा परिवारका सदस्यले साथ दिने बचन दिएपछि त्यसमै होमिएको उनी बताउँछन् । पहिलो वर्ष नै तरकारी खेतीबाट सोचेभन्दा बढी आम्दानी भएपछि उत्साहित हुँदै तरकारी खेतीलाई निरन्तरता दिँदै आएको उनले बताए। गत हिउँदमा मात्रै चौधरीले काउलीबाट मात्रै रु ८० हजार र लहरेबालीबाट रु ६० हजार आम्दानी गरेका छन् ।

वैशाखदेखि असारसम्म काँक्रा, बोडी, तरबुजा, तितेकरेला, तोरैया, खुर्सानी, वर्षातका बेला लौका, काँक्रा, फर्सि र हिउँदका बेला काउली, गोलभेडा, खुर्सानीको खेती चौधरीले गर्दै आएका हुन् । मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका चौधरीले बेमौसमी तरकारी खेतीबाट बढी आम्दानी लिने गरेका छन् ।

परिवारका सात जनाको पूरै खर्च एवं बालबालिकाको विद्यालय खर्च तरकारी खेतीले धानिँदै आएको चौधरी बताउँछन् । चौधरीले वैदेशिक रोजगारीबाट फर्केर किनेको चार कठ्ठा र पहिलेदेखि नै स्वामित्वमा रहेको छ कठ्ठा जग्गा गरी १० कठ्ठा जग्गा रहेको छ । चार कठ्ठा जग्गामा बाह्रै महिना तरकारी खेती हुने गरेको छ भने छ कठ्ठा जग्गामा गहुँ, धानलगायत खेती हुने गरेको छ ।

तरकारीका लागि बारी तयारी गर्ने, बीउ रोप्ने, मल राख्ने, गोडमेल गर्ने र तरकारी टिपेर बजारसम्म पुरयाउनका लागि पुरै परिवार खटिने गरेको छ । मोटरसाइकलमा तरकारी राखेर चौधरीले महेन्द्रनगरको सब्जीमण्डी र झलारी बजारमा बिक्री गर्दै आएका छन् ।

“वैदेशिक रोजगारीमा हुँदा तलब मात्रै पारिश्रमिकका रूपमा पाइन्थ्यो”, उनले भने, “व्यावसायिक तरकारी खेतीमा जति मिहिनेत गर्‍यो, त्यति नै प्रतिफल हासिल हुन्छ । टाढाको देशमा एक्लो भइने, अहिले परिवारसँग सुखदुःख बाँड्न पाइएको छ, दुःख बिरामी हेर्ने मान्छे परिवारमा छन्, विदेशमा त्यस्तो केही हुँदैनथ्यो, स्वदेशमै जति कमाइ भए यसमै सन्तुष्ट छु, अब फर्केर विदेश जाने योजना छैन।”

थोरै जग्गामा धेरै तरकारी फलाउने किसानका रूपमा चौधरीलाई शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले उत्कृष्ट कृषकका रूपमा प्रमाणपत्रसहित पुरस्कृत गरी सकेको छ । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी मुस्कानलाई मिहिनेती र साहसी किसानका रूपमा चिन्ने गर्छन् ।

“थोरै जग्गामा बाह्रै महिना व्यावसायिक रुपमा तरकारी खेती गरेर गतिलो आम्दानी गर्ने किसानमा मुस्कान पर्नुहुन्छ”, उनले भने, “उहाँको कार्यलाई अरू किसानले अनुसरण गरेर कार्य गर्न सक्नुपर्छ ।”

पिपलाडीलाई नगरपालिका क्षेत्रकै सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने क्षेत्रका रूपमा परिचित रहेको छ । यहाँका ५० बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न रहेका छन् ।रासस

शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

समाचार

सबै

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.